Correspondent, ParbatNepal
7 years ago
1712
मंसिर २१, पर्वत । देशमा नयाँ संविधान जारी भएसंगै भएको आम निर्वाचनको एक बर्षमा भएका उपलब्धि सहित प्रतिनिधि सभा सदस्य पदम गिरीले आफुले गरेको काममा विषयमा चर्चा गरेका छन् । पर्वत जिल्लाबाट प्रतिनिधि सभामा भारी मतान्तरले विजयी भएका सांसद गिरीले आफू विजयी भएको बर्षदिन वितेको अवसरमा जिल्लाका लागि आफूले गरेका प्रयासहरुको बारेमा पत्रकार सम्मेलन मार्फत आफ्ना उपलब्धिहरु सार्वजनिक गरेका हुन ।
तत्कालीन नेकपा एमालेको तर्फबाट सांसद बनेका गिरीले एक बर्षको अवधिमा प्रतिनिधि सभामार्फत कानून निर्माण कार्यमा आफू सक्रिय रहेको बताए । उनले यो अवधिमा जिल्लाबासीले विकास निर्माणमा अनुभूति गर्ने गरी आफूले काम गरेको दावी गरेका छन ।
गिरीले केहि सडकहरु कालोपत्रेको चरणमा पुगिसकेको र केहि सडकहरु कालोपत्रेको प्रक्रियामा रहेको जानकारी दिए । सडक कालो पत्रे, एक घर एक धारा, सिंचाई र कृषि क्षेत्रको विकास, पर्यटन र खेलकुद आफ्नो मुख्य प्राथमिकतामा भन्दै गिरीले यी सवै क्षेत्रमा आफ्नो कार्यकाल भरी देखिने गरी उपलब्धि हासिल हुने दावी गरे ।
स्थानीयतहहरुले शिक्षा, स्वास्थ्य र रोजगार सृजनाका अवसरहरुमा सहयोग गर्न आग्रह गर्दै प्रदेश र संघिय सरकारले ठूला र उपलब्धि देखिने विकासका कामहरुमा सहयोग गर्ने समेत उनले बताए । ‘निर्वाचनको बेला बोलेका कुनै पनि प्रतिबद्धता भुलेको छैन’ सांसद गिरीले भने–‘जिल्लाका मुख्यमुख्य सडक कालोपत्रे गर्ने प्रतिबद्धता पुरा गरेरै छाडिन्छ ।’ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तत्कालीन बामगठन्धनको तर्फबाट साझा एजेण्डा र घोषणा पत्र मार्फत आफूहरु जनतासंग मत मागेको स्मरणगर्दै ति प्रतिबद्धताहरु पुरा गर्न प्रदेश सरकार र संघिय सरकार संवेदनशिल रहेको गिरीले बताए ।
सांसद गिरीले वारीवेनी–बगरफाँट–बाँसखर्क सडक, दोविल्ला–सिल्मी–ठुलिपोखरीसडक, पातिचौर–देउपुर–लप्सिबोट सडक, डिमुवा–तिलाहार–राम्जादेउराली सडक, घुम्ति–लाम्पाटा–पाङ सडक र अर्मादी–खुर्कोट–बनौ सडक निर्माणको चरणमा गईसकेकाले केहि बर्षमायी सडक पुरा हुने विश्वास दिलाए । उनले प्रदेश सभा क्षेत्र न २ अन्तर्गत रहेका लमायखोला–लुंखु सडक, मु्डिकुवा–लमायखोला सडक समेत निर्माणकै चरणमा रहेको भन्दै प्रदेश सभा क्षेत्र न २ मा बाँकी सडकहरु समेत कालोपत्रेको चरणमाछिट्टै लगिने स्पष्टपारे ।
सांसद गिरीले क्षेत्र न १ अन्तर्गत रहेकावारीवेनी–माझफाँट–लेकफाँट सडक, मिलनचोक–लेकफाँट–शालीजा सडक,मिलनचोक–धाइरिङ सडककुश्मा–दुर्लुङ–क्याङ–सडक,सहस्रधारा–तार ततरकोट– बनौ सडक,पातिचौर–बाजुङ–क्याङ सडक,साइकलचोक–ठुलिपोखरी–खौला सडक,दोविल्ला–पकुवा–गगटे–आर्थर सडककालोपत्रेको चरणमा लैजानप्रदेश र संघिय सरकारमाआफूहरुले पहल गरीहेको समेत जानकारी दिए ।
यसैगरी सांसद गिरीले क्षेत्र न २ अन्तर्गतका चिसापानी–हातेमालोचोक–बर्राचौर सडक, लुंखु–पाखापानी–भोर्ले–हुवास सडक कार्किकेटा–थापाठाना–शंकरपोखरी–खानीगाउँ–जैमिनी सडक दोविल्ला–फलेवास ढिक सडक,लुंखु मिलनचोक–बालाकोट–होश्राङदी सडकलाई पनि आफूहरुको कार्यकालमा कालोपत्रे जसरी पनि गरेरै छाड्ने प्रतिबद्धता ब्यक्त गरे । संघ र प्रदेशको प्राथमिकतामा राखिएका यी मुख्य सडकहरु कालोपत्रे हुनेमा उनले विश्वास दिलाए ।
हालसम्मझण्डै २४ प्रतिशत घरधुरीले मात्र एक घर एक धारा अन्तर्गत खानेपानीको प्रयोग गरीरहेको भन्दै अवको ४ बर्षमा अधिकांश जनसंख्याले एक घर एक धारा मार्फत स्वच्छपिउने पानीखानपाउने गरी जिल्लामा काम भईरहेको उनले संकेत गरे । पर्यटनप्रवद्र्धन, खेलकुदग्रामको स्थापनामा समेत आफूले पहल गरीरहेको गिरीको भनाई छ ।
