Correspondent, ParbatNepal
7 years ago
1540
मंसिर २२, पर्वत । पर्वतको कुश्मामा स्थापना भएको गायत्री आमा समूहले राधा–माधव सत्सङ आश्रम संचालन सहित वृहत धार्मिक उद्देश्य राखेर आगामी माघ ७ गतेदेखि १४ गतेसम्म कुश्मा बजारमा श्रीमद भागवत ज्ञान महायज्ञ संचालन गर्ने भएको छ ।
गायत्री
आमा समूहद्वारा आज
कुश्मामा आयोजित पत्रकार सम्मेलनमा
महायज्ञ र सत्सङ
आश्रम संचालनको उद्देश्यका
बारेमा जानाकारी गराइएको थियो
। नेपालका प्रख्यात
भागवत भाष्कर गुरूदेव
श्री कमलनयन गौतमले
प्रवचन गर्ने उक्त महायज्ञबाट
करिब सबाकरोड रकम
संकलन गर्ने लक्ष्य
राखिएको गायत्री आमा समूहकी
सचिब रिता केसी
भण्डारीले जानाकारी दिनुभयो ।
सत्सङ
आश्रम निर्माण पछि
दैनिक एकसयजना धार्मिक पर्यटकहरूलाई आवास
तथा खानाको व्यबस्था
गर्ने, ज्येष्ठ नागरिकहरूका लागि
दीवा आश्रम तथा
विविध सेबा उपलब्ध
गराउने, दैनिक भजन कीर्तन
तथा धार्मिक प्रवचन
संचालन गर्ने र भविस्यमा
उक्त आश्रमलाई अनाथ
बालबालिकाहरूका लागि समेत
आश्रयस्थलका रूपमा विकास गर्ने
लक्ष्य राखिएको सचिब भण्डारीले
जानाकारी दिनुभयो ।
पत्रकार
सम्मेलनमा ज्येष्ठ नागरिक संघ
पर्वतका अध्यक्ष तथा धार्मिक
अभियान्ता लोकनाथ आचार्यले महिलाहरूको
अगुवाईमा निर्माण हुन लागेको
राधामाधव सत्सङ आश्रमले यस
क्षेत्रमा धार्मिक पर्यटकहरूलाई आकर्षित
गर्ने दावी गर्नुभयो
। आचार्यले माता
पार्वतीको जन्मस्थल कुश्माको पहिचान
गराउन पनि महायज्ञ
महत्वपूर्ण हुने वताउँदै
सफलताका लागि सबैले
सहयोग गर्नुपर्ने धाराणा
राख्नुभयो ।
गायत्री
आमा समूहका अध्यक्ष
सीतादेवी खत्रीको सभापतित्वमा भएको
उक्त पत्रकार सम्मेलनमा
समूहका कोषाध्यक्ष पुष्पा पौडेलले
भवन निर्माणमा हालसम्म
सहयोग गरेका सहयोगदाताहरूको
योगदानबारे जानाकारी गराउनु भएको
थियो भने कार्यक्रमको
संचालन समूहका सहसचिब जलन
केसीले गर्नुभएको थियो ।
कुश्मा नगरपालिका ४ चिलाउने चौतारामा निर्माण हुन लागेको राधा(ाधव सत्सङ आश्रमले मुक्तिनाथ जाने तीर्थ यात्रीहरूका साथै गुप्तेश्वर,अलपेश्वर,गलेश्वर र बागलुङ कालीका दर्शन गर्न आउने विभिन्न धर्माबलम्बीहरूका लागि समेत महत्वपूर्ण आश्रयस्थल हुने अपेक्षा गरिएको छ ।
