Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1644




देउसीभैलो खेलेर सहयोग
देउसीभैलो खेलेर सहयोग

मंसिर , पर्वत । कुश्माकै एक निजी विद्यालयको स्काउटमा आबद्ध विद्यार्थीले गएको तिहारमा देउसीभैलो खेलेर संकलन गरेको रकम शिवालय माविको अनौपचारिक शिक्षाका कक्षामा पढ्ने बालबालिकालाई सहयोग गरेका छन् ।

राष्ट्रिय बालशिक्षा सदन आवासीय माविबाट स्काउटमा आबद्ध कक्षा ८, ९ र १० का छात्रछात्राले देउसीभैलोबाट संकलित करिब १५ हजार रुपैयाँबाट खाजा र शैक्षिक सामग्रीका लागि सहयोग गरेका हुन् । स्काउट शिक्षक मीना खड्काका अनुसार भैलो खेलेर वनभोज जाने तयारी गरेका विद्यार्थीले शिवालयमा सञ्चालित कक्षाबारे जानकारी पाएपछि सहयोग गरेका हुन् ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)