Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1737




जिल्ला अस्पताल पर्वतको सरसफाई प्रहरीले गर्ने
जिल्ला अस्पताल पर्वतको सरसफाई प्रहरीले गर्ने

साजन परियार, पर्वत समूदायप्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्वत प्रहरीले अस्पतालहरुको सरसफाइ गर्ने भएको शनिवार जिल्ला प्रहरी कार्यालयमा भएको सरोकारवालाहरुको बैठकमा प्रहरीले अस्पतालको मासिक रुपमा सरसफाई अभियान चलाउने निर्णय भएको हो

अवदेखि जिल्ला अस्पतालमा महिनाको पहिलो शुक्रवार सरसफाई गर्ने निर्णय भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो प्रहरीले समूदायको सहकार्यमा सरसफाई गर्ने कार्यक्रम तय गरेको तिवारीले बताउनुभयो

पहिलो पटक भने पुष १३ गते बाट सरसफाई अभियान शुरु गर्ने निर्णय भएको प्रहरीले मातहतका प्रहरी कार्यालयलाई पनि पायक पर्ने स्थानका स्वास्थ्य संस्थाको सरसफाई गर्न निर्देशन दिएको त्यस्तै सार्वजनिक स्थलहरु, धार्मिक स्थलहरु, चौतारो लगायतका क्षेत्रमा पनि सरसफाईको कार्यक्रम रहेको

 कार्यक्रममा उधोग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, सामुदायिक प्रहरी सेवा केन्द्रका पर्वतका अध्यक्ष शिव प्रसाद सुवेदी, अस्पताल विकास समितिका अध्यक्ष गोविन्द पहाडी, अस्पताल प्रसासन प्रमुख डाक्टर सन्तोषी थपलिया, जनस्वास्थ्य अधिकृत सजिना महर्जन, अस्पताल विकास समिति सदस्य कमला पन्त, प्रहरी निरिक्षक रविन्द्र कुमार श्रेष्ठ, प्रहरी सहायक निरीक्षक पुर्णिमा थापा समेतको उपस्थितीमा भएको अन्तरक्रियामा अस्पताल सरसफाई गर्ने निर्णय भएको हो

समूदाय प्रहरी मिलेर सामाजिक अभियान चलाउन देशैभरि अहिले समूदायप्रहरी अभियान चलिरहेको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)