Correspondent, ParbatNepal
7 years ago
2320
मंसिर २९ पर्वत ।
पर्वत, वागलुङ र म्याग्दीका ११ प्रतिस्पर्धीलाई पछि पार्दै शिल्पा कार्कीले मिस एण्ड मिसेस धौलागिरीको उपाधी पाएकी छिन् । पर्वतको कुश्मामा आयोजित दोस्रो मिस एण्ड मिसेस धौलागिरीको उपाधी बागलुङकी कार्कीले जितेकी हुन् ।
उनले ५० हजार नगद पुरस्कार सहित ताज पहिरिएकी छिन् । मोफसलमा आयोजित यो प्रतियोगितालाई धौलागिरीबासीहरुले चासोका साथ हेरिरहेका थिए । कक्षा १२ मा अध्ययनरत कार्कीले बेष्ट डान्सरको उपाधी पनि जितेको आयोजकले जनाएको छ ।
अभ्यास इभेण्ट्स प्रालिले कार्यक्रमको आयोजना गरेको थियो । सिद्धेश्वर चलचित्र हलमा शनिवार खचाखच भरिएका दर्शक र प्रतियोगित विच कार्कीलाई पुरस्कार वितरण गरियो । ताली र बधाईले स्वागत पाएकी कार्कीले आफु अव नेपाल र नेपाल वाहिर हुने प्रतियोगितामा पनि भाग लिने बताईन् ।
आफु नायिका बन्ने सोचमा रहेको पनि उनले सो अवसरमा सुनाईन । उनले आफुमा रहेको प्रतिभाको बारेमा आफैँलाई थाहा नभएको बेला आयोजित कार्यक्रमले आफ्नो प्रतिभा उजागर गरेको प्रतिक्रिया दिईन् । जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेल र प्रतियोगिताका निर्णायकहरुले पुरस्कार र ट्रर्फी प्रदान गरेका थिए ।
प्रतियोगितामा पर्वतकी प्रकृति सुवेदी फस्ट रनअर अप भईन ।सुवेदीले मोष्ट ट्यालेन्ट उपाधी पनि हात पारिन । उनले ३० हजार नगद पनि जितेकी छन । भविश्यमा उनी कुशल सञ्चारकर्मी बन्ने लक्ष्य राखेको बताइन ।
यसैगरी सेकेण्ड रनअर अप बागलुङकी साक्षी श्रेष्ठ भइन । उनले १५ हजार नगद पुरस्कार हात पारिन भने मोष्ट फोटोजेनिकको उपाधी पनि जितिन । यसैगरी भिउवर च्वाईसको उपाधी भने पर्वतकी अनुपा राईले जितिन । उनले १० हजार नगद पुरस्कार पाउन सफल भइन । उनले मोष्ट स्माइलको उपाधी पनि जितिन ।
प्रतियोगितामा सहभागीहरु मध्ये सबैभन्दा पाको उमेरकी सहभागी सरु भण्डारीलाई दोसल्ला ओढाएर सम्मान गरियो । उनी पर्वतका सामाजिक संघसंस्थामा संलग्न छिन् । भण्डारीले गुड पर्सानलिटीको उपाधी पनि जितिन । यसैगरी प्रतियोगितामा मनिषा पन्त मोष्ट एक्टीभ, बेष्ट क्याटवाक अस्मिता सुनार, बेष्ट फिगरमा सम्झना अर्याल, बेष्ट भ्वाईसमा सम्झना लामगादे र बेष्ट हेयर रत्नालक्ष्मी कर्माचार्य हुन सफल भए ।
प्रतियोगिताको समापनमा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले प्रतियोगिताले नारीहरुलाई घरमा मात्रै सिमित नहुन आग्रह गरे । उनले अन्तरनिहीत प्रतिभा लुकाउन नहुने भन्दैैै समाजमा रहेको गलत धारणालाई चिर्न महिलाहरु यस्ता कार्यक्रममा सहभागी हुनुपर्ने बताउनुभयो । उक्त समारोहमा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, प्रतियोगिताका निर्णायक तथा प्रेस चौतारी नेपालका पुर्व बरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्मा, फेसन डिजाईनर तथा कार्यक्रम संयोजक पुजा सिलवाल घिमिरे, अभ्यास इभेन्टसकी प्रबन्ध निर्देशक इन्दु शर्मा लगायतले मन्तब्य राखेका थिए । सञ्चालन हास्य कलाकार सञ्जीब केसीले गरेका थिए । सन्जिवको प्रस्तुतीले कार्यक्रमलाई थप रौनक थपेको कार्यक्रममा सहभागीले बताए ।
