Correspondent, ParbatNepal
8 years ago
1702
पुष १६ पर्वत -
समाजमा क्रृयासील समाज सुधार सेवा मञ्च सिसेफ नेपालको दशौं वार्षिक साधारणसभा तथा चौथो अधिवेसन कुश्माको छमर्केमा सम्पन्न भएको छ सिसेफनेपालका अध्यक्ष थमनारायण पौडेलको अध्यक्षमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संस्थापक अध्यक्ष टंकनाथ लामिछाने रहनुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लामिछाने ले सस्थाको विगत तथा वर्तमानको समिक्षा गर्दै आगामिदीनमा संस्थालाई काम गर्न सहज भएको र नयाँ कार्यसमितीले नयाँजोश र जाँगरका साथ संस्थालाई अगाडिवडाउने कुरामा आफुविश्वास्त रहेको वताउनु भयो । समाज परीर्वतनमा सस्थाले खेलेको भुमिका उच्च रहेकोभन्दै प्रशंसा गर्नुभएको थियो कार्यक्रममा सस्थापक सल्लाहाकार विष्णु प्रसाद नेवार सस्थापक उपाध्यक्ष रमेश श्रेष्ठ,वर्तमान सल्लाहाकार हेमराज लामिछाने,गणेश पौडेल सिसेफ महिला समुहको अध्यक्ष इश्वरी पाठक लगायतले शुभकामना मन्तब्य तथा संचालन सचिव निशा गुरुङ्गको रहेको थियो ।
दशौ साधारण सभाले खेलमैदान तथा सुचनाकेन्द्रको पुर्णता हाम्रो प्रतिवद्धता भन्न मुल नाराका साथ आगमी दुई वर्षका लागी विष्णुराज पुरीको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको छ पदाधिकारीमा वरीष्ठ उपाध्यक्ष कामना रेग्मी,प्रथम उपाध्यक्ष दुर्गावहादुर वस्याल,उपाध्यक्ष निशा गुरुङ्ग,सचिव राजेश पौडेल,सहसचिव गंगावहादुर गुरुङ्ग कोषाध्यक्ष विश्वराज श्रेष्ठ,सहकोषाध्यक्ष कमल शर्मापौडेल तथा सदस्यहरुमा तेजेन्द्र अधिकारी,लक्ष्मी पौडेल,सरस्वति वस्नेत,पबित्रा श्रेष्ठ,देवि श्रेष्ठ, सिर्जना तिवारी,सोभा अयार्ल र्निवाचित भएका छन् । विधानत सिसेफ महिला समुहको अध्यक्ष ईश्वरी पाठक, सिसेफ स्पोटर््स एकेडमीका अध्यक्ष गोविन्द रिजाल तथा सिसेफ वाल कलवका अध्यक्ष पदेन सदस्य रहने ब्यवस्था रहेको छ ।
संस्था विगत २०६४ साल देखि संगठित भई सामाजिक, सांस्कृतिक, खेलकुद, पर्यटकीय सुचना केन्द्र संचालन, ब्यावसायिक तालीम तथा विभिन्न रचनात्मक कृयाकलाप संचालन गर्दै कुलत, अन्धविश्वास र रुढिवादी विरुद्ध जनचेतना अभिबृद्धि, नेतृत्व विकाश गरी युवाहरुलाई सकारात्मक परिवर्तन मार्फत विकास निर्माणमा अग्रसर गराउने उद्देश्यका साथ युवाहरुमा रहेको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्दै, मौलीक कला–संस्कृतीको जगेर्ना, पर्वतको पर्यटन तथा खेलकुद प्रवर्दन, सचेतना अभियान, रेडियो कार्यक्र, विभिन्न उत्सव मोह्त्सव,ब्यवासायिक तालिम,कला प्रशिक्षण केन्द्र , सञ्चालन गरी युवाहरुको अन्तरनिहहित गुणलाई प्रश्फुटन तथा ब्यवसायिक समेत बनाउदै समाज सुधारमा अग्राणी भुमिका खेल्दै आएको छ ।
