Correspondent, ParbatNepal
7 years ago
1545
पुष ४ पर्वत । पर्वतका व्यवसायी चित्रबहादुर अधिकारी ‘गोपल’को उपचारको क्रममा निधन भएको छ । घाँटीमा समस्या आएपछि उहाँ उपचारमा जानुभएको थियो । उपचारमा संलग्न चिकित्सकका अनुसार अधिकारीलाई घाँटीमा टिवीको गम्भिर संक्रमण थियो ।
अधिकारी विगत ४ महिनादेखि अस्पतालमा उपचारको क्रममा हुनुहुन्थ्यो । अस्पतालले उपचार संभव नभएको भनेर हिजो घर पठाएकोमा धादिङ आउँदा उहाँको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य समेत रहेका ४२ वर्षिया अधिकारीको निधनले पर्वतका व्यवसायी शोकमग्न भएका छन् ।
कुश्मा नगरपालिका १ पाङ घर भई विगत २० वर्षदेखि अधिकारी डेरी सञ्चालन गर्दै आउनुभएका अधिकारीको हिजो दिउँसो १ बजेर ४० मिनेटमा निधन भएको उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले जानकारी दिनुभयो ।
