Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

3499




पर्वत पर्यटकिय केन्द्र बन्दै
पर्वत पर्यटकिय केन्द्र बन्दै

दिनेश पौडेल, कुस्मा, पर्वत नेपाल भौगोलिक विविधताले पछी परेपनी प्राकृतिक स्रोत साधनले विश्वमै धनि धेरै विदेशी पर्यटक भित्राउन सफल देशहरु मध्ये एक पर्छ नेपालको गण्डकी प्रदेश, धौलागिरी अंचल अन्र्तगत एक सानो जिल्लाको रुपमा पर्वत  रहेको प्राकृतिक स्रोत साधन, खोलानाला, नदी, मठ( मन्दिर हरुको धनि यो जिल्ला, सांस्कृतिक, सामाजिक प्राकृतिक रुपमा धेरै धनि

बढ्दो जनसंख्या, प्रदुषण, फोहोरमैला आदिले शहरी जिवन दिन प्रतिदिन कष्टकर बन्दै गएको अवस्था विश्वभरनै कायम यसविचमा यस्ता पहाडि प्राकृतिक स्थानहरु, मानिसहरु घुम्न आउने, समय विताउने साथसाथै विभिन्न मनोरञ्जनात्मक साहसिक खेलहरु खेल्नका लागी लोकप्रिय बन्दै गरेका छन


भौगोलिक रुपमा अग्ला डांडा पाखा, भिर कान्लाले पछाडी पारेपनी, पछिल्लो समयमा विकासको लहर संगसंगै यस जिल्लाले स्थान पाउन थालेको जिल्लाको सदरमुकाम कुस्मा बाट करिब १५ मिनेटको दुरीमा पवर्त झोलुङ्गे पुलको जिल्ला भनेर चिनिने बाग्लुङ्ग जिल्ला को बलेवा जोड्ने नेपालको सबैभन्दा अग्लो झोलुङ्गे पुल रहेको कालिगण्डकी नदिमाथी बनेको उक्त पुलमा झट्ट जांदा मनै सिरिङ्ग हुनुका साथै चारैतिर डांडैकांडा, नदिनालाहरुका संगम स्थल, अग्ला अग्ला घांटीहरु, घना जंगल, स्वच्छ हावाले स्वर्गिय आनन्द दिलाउंछ

त्यस्तै यसै पुलबाट १० मिनेटको दुरीमा पर्वतकै फलेबास तथा ज्ञादी जोड्ने दुईवटा त्यस्तै अग्ला लामा झोलुङ्गे पुलहरु रहेका छन साथै पर्वत बाग्लुङ्ग जिल्ला जोड्ने यान्त्रिक पुल समेत यहिं रहेको  कालिगण्डकी नदिले बनाएको अग्लो घांटीको कारण यहां साहसिक खेल बन्जी जम्प पनी गर्न सकिन्छ भन्ने सम्भावना देखी केहि जुझारु मानिसहरु मिलेर यसै पुलको केहि उत्तरी भागतिर बन्जि जम्प गर्नको लागी पुर्वाधार तयार गरिहेका छन झन्डै ८० प्रतिशत काम समेत सकिएको यो बन्जि विश्वकै अग्लो मध्येको एक, बन्जि हुने विज्ञले बताएका छन त्यस्तै कालिगण्डकी नदिमा साहसिक खेल ऱ्याफ्टिङ समेत संचालनमा रहेको जहां सिजन अनुसार थुप्रै आन्तरिक बाह्य पर्यटक आई सो खेलको मज्जा लिने गरेका छन



त्यस्तै धार्मिक रुपमा पनि यहां मानिसहरु आउने क्रम जारिनै , अग्लो स्थानमा रहेको दुर्लुङ डांडामा रहेको दुलुङकोट मन्दिर प्रशिद्ध , त्यस्तै गुप्तेश्वर महादेवको मन्दिर गुफा, मल्लाज दरबार समेत पर्यटक आकर्शणका केन्द्र बनेका छन त्यस्तै अन्य थुप्रै साना ठुला घुम्ने स्थानहरु छन, जस्तै पाङ्गमा रहेको पार्वती गुफा, बनौ डांडा, झरनाहरु, हलहले लेख, ठुलिपोखरी डांडा, सेतीबेनी तथा अन्य थुप्रै स्थानहरुले, ट्रेकिङका पारखीहरुलाई मनै लोभ्याउने गरेका छन ।नजिकै रहेका प्रशिद्ध स्थानहरु जस्तै बाग्लुङ्ग कालिका मन्दिर, म्याग्दी बेनि, तातोपानी, मुस्ताङ्ग जाने रुट आदीले गर्दा समेत पर्वत जिल्ला धेरै पर्यटकहरु आई केही दिन बसि अन्यत्र पर्यटकिय स्थानमा जाने वा फर्कने समेत गरिरहेको हुंदा यो जिल्ला धौलागिरि अंचलकै पर्यटकिय हवरकेन्द बनिरहेको अहिले पर्ततमा पर्यटकहरुकालागी सुविधासम्पन्न होटल, लज, रिसोर्ट, क्याम्प साईटहरु बनेका छन बन्ने क्रम अंझै तिब्र गतिमा भैरहेका छन


पर्यटकहरु तथा अन्य स्थानिय मानिसहरु समेतलाई सहज परोस भनेर नेपाल नागरिक उड्डयन प्राधिकरण तथा बाग्लुङ्ग नगरपालिकाको सहकार्यमा बलेवा विमानस्थल समेत संचालनमा आएको भने पोखरा बाट स्काई लाईट विमानहरु बलेवा अवतरण गर्ने पर्यटकलाई सुविधा दिने हेतुले कार्य अघि बढिरहेको वलेवा विमानस्थलबाट पर्वत सदरमुकाम कुस्मा पुग्न पैदल ३० मिनेट लाग्छ पर्यटकको पहुंचमा टेवा पुग्न सक्छ त्यस्तै राजधानि काठमाडौ बाटै पक्कि सडक संजालले समेत पर्वत जिल्ला जोडिएको


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)