Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 years ago

2186




पर्वतको जलजलामा जलविद्युत आयोजना बन्ने
पर्वतको जलजलामा जलविद्युत आयोजना बन्ने

रोशन तिवारी पुष ५ पर्वत । 

पर्वतको जलजला गाउँपालिकामा जलविद्युत आयोजना निर्माणका लागि संभाव्यता अध्ययन शुरु भएको छ । जलजला गाउँपालिकामा पर्ने साविकको माझफाँट गाविस २, ३ र ४ नम्बर वडा क्षेत्रलाई समेटेर कालीगण्डकी नदीमा जलविद्युत आयोजना निर्माण हुने भएको हो । 

त्यसका लागि संभाव्यता अध्ययनको काम थालिएको गाउँपालिकाले जनाएको छ । जलजला गाउँपालिकाको विशेष पहलमा उक्त आयोजना निर्माणको प्रक्रिया अगाडी बढेको हो । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले आयोजनाको प्रारम्भिक अध्ययनको काम भैरहेको बताउनुभयो । आयोजना अध्ययनका लागि आएको टोली संग अध्यक्ष मल्ल सहित वडाध्यक्षहरुले गाउँपालिकाको कार्यालयमा अन्तरक्रिया गरि आयोजनाको काम चाँडै शुरु गर्न र आवश्यक समन्वयका लागि आफुहरु तयार रहेको बताउनुभयो । 

ईन्जिनियरहरुको टोली आएर स्थलगत रुपमा अध्ययन गरेर गाउँपालिकामा रिपोर्ट बुझाएको छ । बेनी कालीगण्डकी हाईड्रोपावर प्रालिले उक्त आयोजना निर्माणको काम अगाडी बढाएको अध्यक्ष मल्लले जानकारी दिनुभयो । ५० दशलमव ५ मेगावट क्षमताको बनाउने गरि पूर्वाधारको तयारी भैसकेको उहाँले बताउनुभयो । 

जलजलामा जलविद्युत आयोजना निर्माणका लागि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले समेत चासो दिएपछि आयोजना बन्ने पक्कापक्कि भएको मल्लले बताउनुभयो । प्रारम्भिक रुपमा भएको अध्ययनबाट जलबिद्युत आयोजना बनाउन समस्या नरहेको निष्कर्ष निकालिएको । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)