Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1410




सवारी दुर्घटना न्यूनिकरण गर्न यस्तो उपाय
सवारी दुर्घटना न्यूनिकरण गर्न यस्तो उपाय

पर्वत । दुर्घटना न्यूनिकरणका लागि ट्राफिक सचेतना जगाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सवारी साधनका धनी, चालक र सह–चालकहरुलाई प्रोजेक्टर मार्फत विभिन्न डकुमेन्ट्री प्रर्दशन गरेको छ । कुश्माको शिवालय चोकमा शुक्रवार प्रर्दशन गरिएको डकुमेन्ट्री हेर्नको लागि ट्याक्सी चालक र सर्वसाधारणहरुको भिड लागेको थियो ।

ट्राफिक नियमकोे उलङ्घन गरी सवारी साधन चलाउँदा चालक स्वयम जोखिममा पर्ने भएको कारणले सवारी चालकले इमानदारी पुर्वक ट्राफिक नियमको पालना गरे सवारी दुर्घटना हुनबाट जोगिन सक्ने भएकाले सर्वसाधारणलाई ट्राफिक नियमको पालना गर्न र ट्राफिक नियमबारे सचेतना जगाउन आफुहरुले सचेतना कार्यक्रमको सञ्चालन गरेको जिल्ला ट्राफिक प्रमुख सहायक रामकृष्ण गौलीले जानकारी दिनुभयो ।

यसरी नै क्षेत्रका विभिन्न बजार तथा चोकहरुमा ट्राफिक सचेतना कार्यक्रम गरिने लक्ष्य रहेको गौलीले बताउनु भयो ।  साथै ट्राफिक नियमको पालना गर्न विल बुक र लाईसेन्स अनिवार्य बोक्नुपर्ने र मदिरा सेवन गरेर सवारीका साधनहरु नचलाउन सबै नागरिकहरुलाई अपिल गरेका गर्नुभएको छ । 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)