Correspondent, ParbatNepal
7 years ago
2685
साजन परियार, पर्वत । मानिसहरु विकासका पूर्वाधार निर्माणमा सरकारकै मुख ताकेर बस्ने गर्छन् । शिक्षा, स्वास्थ्य, खानेपानी, यातयात लगायतका विकासका पूर्वाधार सरकारको सहयोग विना निर्माण गर्न सक्देनन् । तर, सरकारको मात्रै मुख तोकर गुनासो गर्नेहरुका लागि पर्वत मोदी गाउँपालिका–५ बाजुङका दुर्गा गुरुङ ‘मिलन’ ले राम्रा पाठ सिकाएका छन् । उपभोत्ता समितिमा बस्न मात्रै मारामार गर्ने हाम्रो समाजलाई पाठ सिकाउँदै गुरुङले आफ्नो व्यक्तिगत लगानीमा ११ मिटर चौडाई र डेढ सय मिटर लामो मोटरवाटो निर्माण कार्य थाल्नु भएको छ ।
मोदी गाउँपालिका–५ बाजुङ घर भई हाल हङकङ बस्दै आएका गुरुङले आफ्नै ४ लाख लगानीमा गाउँमा डेढ सय मिटर बाटो निर्माण गरेर परोपरकारी कार्य गरेका छन् । विकासका अन्य पूर्वाधारसँगै मोटरबाटोको पहुँचबाट टाढा रहेको उक्त गाउँमा गुरुङ एक्लो प्रयासमा सडक निर्माण गरिएको हो । गाउँमा मोटरवाटो नहुँदा स्थानीयले सास्ती खेप्नुपरेकाले बाटो निर्माण गरिएको हो । गुरुङले ज्यामिरे खोला देखी चौतारसम्म जोड्ने मोटरवाटो निर्माण गरिएको हुन् । उक्त मोटरबाटोको नाम ‘मिलन पथ’ राखिएको छ ।
मोटरबाटो एक कार्यक्रमका बिच गुरुङकी ममतामय माता तथा मिलन ट्रष्ट २०७४ का संरक्षक सावित्रीकुमारी गुरुङले गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै सावित्रीकुमारी गुरुङले मोटरबाटो निर्माणले स्थानीयलाई सहज हुने बताईन् । ‘बर्खामा निकै समस्या हुने गथ्र्यो । गाईवस्तु हिँड्न पनि मुस्किल थियो । अव सहज हुनेभयो, गुरुङले भनिन्,‘समाजमा सेवामा छोराको लगाव देखेर निकै प्रशन्न उनले बताईन् ।’ बाटो निर्माण भएपछि स्थानीयवासी हर्षित भएका छन ।
