Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 years ago

1676




मनकारी अध्यक्ष मल्लद्धारा चन्द्रेवर शिवालयलाई एक लाख बढी सहयोग
मनकारी अध्यक्ष मल्लद्धारा चन्द्रेवर शिवालयलाई एक लाख बढी सहयोग


पुष १० पर्वत । विकास निर्माणका हरेक काममा विशेष ध्यान दिँदै आएका जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले वडा न. ५ सहस्रकमाय स्थित चन्द्रेश्वर शिवालयलाई व्यक्तिगत रुपमा एक लाख रुपैयाँ भन्दा बढी सहयोग गर्नुभएको छ । सामाजिक अभियानमा आफ्नो पनि थोरै हिस्सा कायम होस भनी मल्लले सहयोग गर्नुभएको हो । 

पुष २ गतेदेखि सुरु भएको शिवमहापुरण तथा विश्वशान्ति धनधान्याचल ज्ञानमहायज्ञको आठौ दिन सोमबार अध्यक्ष मल्लले एक लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्नुभएको हो । अध्यक्ष मल्लले गाउँपालिकाको भैपरि आउने बजेटबाट चन्द्रेश्वर शिवालय सम्म सडक र मुल सडक देखि शिवालयसम्म पदमार्ग बनाउन पालिकाबाट एक लाख रुपैयाँ बिनियोजन भएको जानकारी दिनुभयो । 

धार्मिक पर्यटकीय विकासको उद्देश्य राखेर आयोजित महायज्ञको सातौ दिन आइतबारसम्म २४ लाख ५२ हजार ७६७ रुपैयाँ संकलन भएको कोषाध्यक्ष हिराबहादुर जिसीले बताउनुभयो । शनिबारसम्म १८ लाख २२ हजार १४३ रुपैयाँ संकलन भएको महायज्ञमा आइतबार छ लाख २९ हजार ५९४ रुपैयाँ थपिएको हो । 

ओझलमा परेको चन्द्रेश्वर शिवालयको प्रचारप्रसारका साथै नियमित पुजा सञ्चालन र पूर्वाधार निर्माणका लागि आयस्रोत जुटाउने उद्देश्यले महायज्ञको आयोजना गरिएको मुल आयोजक समितिका अध्यक्ष शेरबहादुर खत्रीले बताउनुभयो । पुष १२ गतेसम्म सञ्चालन हुने महायज्ञमा पण्डित भिमनाथ पराजुलीले कथावाचन गर्नुभएको छ । 




सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)