Correspondent, ParbatNepal
8 years ago
1824
पुष १८ पर्वत -
भारतको सुनौली देखी चीनको केरला जोड्ने वहुप्रतिक्षित कालीगण्डकी लोकमार्गमा धमाधम पुल निर्माणको काम भैरहेको छ । यो लोकमार्ग अन्तर्गत पर्ने पर्वत खण्डमा हालै ३ वटा पुल निर्माण भैरहेका छन् । लोकमार्ग निर्माणको काम र पुल निर्माणको काम एकैसाथ तिव्र गतिमा अगाडी वढाइएको निर्माण आयोजनाले जनाएको छ । सडक निर्माण संगै मोदीखोला,लमाएखोला र सेतीखोलामा मोटरेवल पुल निर्माणको काम भैरहेको हो ।
मोदीखोला मोटरेबल पुलको निर्माण कार्य मुक्तिनाथ कन्स्ट्रक्सन र ओम गौचन मार्फत अगाडि बढाइएको छ भने लमाए खोलाको मोटरेबल पुलको नया वाटो गौचन जे.भि.ले जिम्मा लिएको छ । त्यस्तै सेतीखोला मोटरेवल निर्माणको जिम्मा सो.एन.विल्डर्स कम्पनीले लिएको बताइएको छ ।
मोदीखोलामा ९ करोड १४ लाख को लागतमा ६० मिटर लम्बाईको आधुनिक मोटरेवल पुल निर्माण हुने भएको हो भने लमाए खोलामा ५ करोड ६४ लाख ५१ हजारको लागतमा २५ मिटर लम्बाईको मोटरेवल पुल निर्माण हुन लागेको कालीगण्डकी राजमार्ग योजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए । सोतीखोलामा भने ५ करोड ८६ लाख को लागतमा २५ मिटर लम्बाईको मोटरेवल पुल निर्माण हुने छ । कालीगण्डकी करिडोर परियोजनाको बजेट बाट निर्माण हुन लागेका ३ वटै मोटरेवल पुल अर्को आर्थीक बर्ष भित्रमा निर्माण गरिसक्ने लक्ष्य रहेको छ ।
कालीगण्डकी लोकार्ग अन्तर्गत पर्वतको सदरमुकाम कुश्मादेखि स्याङजाको मिर्मी सम्मको करिब ६८ किलोमिटर सडक खण्डमा ट्रयाक खुलाउने तथा स्तरवृद्धिको काम भइरहेको छ । उक्त राजमार्ग दक्षिणमा रहेको पूर्वपश्चिम राजमार्गबाट प्रारम्भ भई तीन अञ्चल नौ जिल्ला हुँदै उत्तरी छिमेकी राष्ट्र चीनको कोरला नाकासम्म जोडिएकाले यस क्षेत्रको विकासका लागि मेरुदण्डका रुपमा लिइएको छ ।
कालीगण्डकी राजमार्ग बागलुङ खण्डमा पर्ने कालीगण्डकी करिडोर भन्दा पर्वत खण्डको यात्रा करिब १२ कि.मी.छोटो हुने बताइएको छ । निमार्ण हुन लागेका पुलको शिलान्यास प्रदेश सांसद एवं संबिधान सभाका पुर्व सदस्य विकास लम्सालले सोमबार गरेका छन् । लम्सालले करिडोरले राष्ट्रिय एकीकरण आर्थिक, सामाजिक, विकास र प्रादेशिक सन्तुलनमा योगदान पुग्ने बताउदै उक्त करिडोर लाई नेपालकै लाईफ लाईनको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । लम्सालले धौलागिरि, लुम्बिनी, गण्डकी अञ्चलका पर्यटकीय स्थलका साथै पर्वतको शिला शालिग्राम,अल्पेश्वर गुफा,मल्लाज र पैँयू दरबार क्षेत्रमा समेत यो राजमार्गबाट फाइदा पुग्ने बताए ।
कालीगण्डकी लोकमार्गलाई धार्मिक मार्गको रुपमा हेरिएको छ । लुम्विनी देखि मुक्तिनाथ र यसविचमा पर्ने स्याङजाको राम्दी, गुल्मीको पुर्तीघाट पर्वतको मोदीवेनी दिव्यधाम जस्ता धार्मिक स्थललाई यो राजमार्गले छुनेछ । त्यस्तै कृषिको विकासमा पनि कालीगण्डकी लोकमार्ग वरदान सावित हुने सामाजिक अगुवा गंगाराज शर्माले वताए । यसै आर्थीक बर्ष फलेबासदेखि आँधी मुहानसम्म वर्षायाममा पनि सीधा यातयात सञ्चालन गर्ने तयारीका साथ काम अगाडि वढेको कालीगण्डकी लोकमार्ग आयोजना प्रमुख नारायणदत्त भण्डारीले वताए ।
कालीगण्डकी लोकमार्गको मोदीखोलामा निर्माण हुन लागेको मोटरेवल पुलको शिलन्यास गर्दै नवनिर्वाचित साँसद विकास लम्साल । भारतको सुनौली हुँदै चीनको कोरला जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी लोकमार्ग निर्माणको काम धमाधम भैरहेको छ ।
तस्विर सौजन्य ः माधव पराजुली ।
