Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1905




पञ्चासेमा एसियाकै दोस्रो सुदामा राधाकृष्ण मन्दिर निर्माण शुरु- मेयर जोशीद्धारा उद्घाटन
पञ्चासेमा एसियाकै दोस्रो सुदामा राधाकृष्ण मन्दिर निर्माण शुरु- मेयर जोशीद्धारा उद्घाटन

पर्वत पर्वतको कुश्मा विश्वकै अग्लो शिव पार्वतीको मुर्ती बनाउने अभियान चलिरहेको चुवामा पनि विश्वकै अग्लो विष्णुको मुर्ती बनाउन थालिएको जिल्लामा अग्ला आकर्षक मुर्ती बन्ने होड चलिरहँदा   प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पञ्चासेमा सुदामा राधाकृष्णको मन्दिर निर्माण शुरु भएको जुन मुर्ती विश्वकै दोस्रो ठुलो मन्दिर हुने जनाइएको  

पर्वतको कुस्मा नगरपालिका वडा नं १४ आर्थर काहुले स्थित पञ्चासे भजनकृतन मण्डलीले ५० लाख रुपैयाको लागतमा मन्दिर निर्माण गर्न लागेको हो कृष्णका भक्त सुदामा सहित राधाकृष्णको मन्दिर एसियामा नै दोस्रो भएको भागवतवाचक पण्डित पशुपति उपाध्यायले बताउनुभयो

भारतको उज्जैन क्षेत्रमा मात्रै राधाकृष्ण उनका भक्त सुदामाको मन्दिर निर्माण भएको   भक्त नभए सम्म भगवानको अर्थ नभएका कारण कृष्णभक्त सुदामाको समेत मन्दिर एकै ठाउँमा बनाई धार्मिक पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको मन्दिरमा गौमुखी धारा, सुदामा स्नान कुण्ड सहितका संरचना समेत निर्माण गरिनेछ कुश्मा नगरपालिकाले मन्दिर निर्माणमा आर्थिक स्रोत जुटाउन सहयोग गर्ने भएको

पञ्चासे सम्म पर्यटक दर्शनार्थी एक पटक आउनैपर्ने धार्मिक गन्तब्यको रुपमा सुदामा सहित राधाकृष्णको मन्दिर बनाउन लागिएको पञ्चासे भजनकृतन मण्डलीका अध्यक्ष ढाकाराम उपाध्यायले बताउनुभयो भविश्यमा राधाकृष्ण सुदामाको दर्शन गर्न भारतबाट समेत ठुलो संख्यामा हिन्दु धर्मालम्बी भित्र्याउने उद्देश्य राखेर मन्दिर निर्माण शुरु गरिएको उहाँको भनाई मन्दिरमा आर्थिक स्रोत जुटाउँदै दर्शनार्थीका लागि थप संरचना बनाउने योजना रहेको पर्वत, कास्की स्याङ्गजाको संगममा रहेको पञ्चासे यस क्षेत्रकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्र हो यहाँ बालाचतुर्दशीमा पश्चिम नेपालकै ठुलो मेला लाग्छ प्रसिद्ध सिद्धबारह देवताको मन्दिर रहेका कारण पनि तीन वटै जिल्ला छिमेकी जिल्लाबाट समेत भाकल पुजा गर्न ठुलो संख्यामा दर्शनार्थी आउने गर्दछन पर्यटनको राजधानी शहर पोखराबाट नजिकै रहेको पञ्चासे सम्म पोखराको घाटीछिना देखि केवलकार निर्माण गर्ने प्रकृया अघि बढेको         

यसैबिच सुदामा राधाकृष्ण मन्दिरको कुस्मा नगरपालिकका प्रमुख रामचन्द्र जोशीले मंगलबार शिलन्यास गर्नुभयो उहाँले मन्दिर निर्माणले पञ्चासेको धार्मिक पर्यटकीय महत्व बढाउँदै जाने बिश्वास ब्यक्त गर्नुभयो कुस्मा नगरपालिका आफुँले मन्दिर निर्माणका लागि आर्थिक स्रोत ब्यबस्थापन गर्ने प्रतिबद्धता पनि प्रमुख जोशीले ब्यक्त गर्नुभयो पञ्चासे भजनकृतन मण्डलीका अध्यक्ष ढाकाराम उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष यामबहादुर क्षेत्री सञ्चालन हिमलाल शर्माले गर्नुभएको थियो

                

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)