Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

1898




वाँसखर्कको सुन्तला नेपालकै उत्कृष्ठ
वाँसखर्कको सुन्तला नेपालकै उत्कृष्ठ

पुष १८ पर्वत-

पर्वतको वाँसखर्कमा उत्पादन भएको सुन्तला नेपालकै उत्कृष्ठ भएको पोखरामा भएको देशभरिका सुन्तलाको परिक्षणमा पर्वतको सुन्तला उत्कृष्ठ ठहरिएको हो

जिल्लाको वाँसखर्कको सुन्तला देशभरिका सुन्तला भन्दा सबैभन्दा रसिलो स्वादिलो रहेको कृषि प्राविधिकको ल्याव परिक्षणवाट पत्ता लागेको हो कृषि विकास मन्त्रालय, क्षेत्रीय कृषि निर्देशनालय, पोष्ट हार्वेष्ट निर्देशनालय लगायतका निकायले संयुक्त रुपमा सुन्तलाको परिक्षण गरेका थिए

आईतवार गरिएको परिक्षणमा पर्वतको सुन्तला उत्कृष्ठ रहेको ठहर गरेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले वताउनुभयो पर्वत जिल्लामा अनय ठाउँको भन्दा वाँसखर्कको सुन्तला स्वादिलो देखिएको रेग्मीले वताउनुभयो पर्वत, स्याङजा, कास्कि, म्याग्दी, वागलुङ, लमजुङ, तनहुँ, गोर्खा लगायतका जिल्लाका कृषकहरुका सुन्तलाको ल्याव परिक्षण गरिएको हो

उपयुक्त भूवनोट, उत्तरी मोहडा फर्किएको पाटो, वगैँचा सुधार, प्रयाप्त मल सिँचाईको व्यवस्थाका कारण वाँसखर्कको सुन्तला स्वादिलो हुने गरेको कृषि प्राविधिकहरुले वताएका छन् वाँसखर्कको सुन्तलाको दानाको आकार पनि ठुलो हुने गरेको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)