Correspondent, ParbatNepal
7 years ago
1521
पुष ११, पर्वत । पर्वत रुपेन्दही सेवा समाजको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले रामकृष्ण शर्माको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति निर्माण गरेको छ । समितिले दुई सदस्य अर्को वैठकवाट चयन गर्ने जनाएको छ ।
समितिको उपाध्यक्षमा लेखनाथ भट्टराई, महासचिवमा मिना न्यौपाने, सचिवमा सागर बस्याल, कोषाध्यक्षमा टेकराज शर्मालाई चयन गरेको छ । सदस्यहरुमा पूर्णप्रसाद पौडेल, गंगाधर आचार्य, धर्मागत बस्याल, टुकलाल न्यौपाने, बलराम काफ्ले, विष्णुप्रसाद काफ्ले, पूर्णचन्द्र भुषाल, लालपवहादुर श्रेष्ठ, नमराज आचार्य, खगश्वर भुर्तेल, बालकृष्ण पराजुली, विष्णु काफ्ले र यादव सापकोटालाई चयन गरेको समितिले जनाएको छ । कार्य समितिले लेखा समितिको संयोजकमा गोविन्द रेग्मी, सदस्यहरुमा माधव बस्याल र मिलन बस्याललाई निर्वाचित गरेको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै पर्वतबाट निर्वाचित प्रतिनिधि सभा सदस्य पदम गिरीले एकताबाट नै जिल्लाको विकास सम्भव भएको उल्लेख गरे । सांसद गिरीले देश भर छरिएर रहेका पर्वतबासीहरु एक जुट हुँदा जिल्लाले छोटो अवधिमा नै काचुलि फेर्न सक्ने भएकाले मिलेर विकासका कामहरुमा जुट्न उनले आग्रह गरे ।
कार्यक्रममा वुटवल महानगरपालिकाका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गोमा आचार्य, नेकपा पर्वतका कार्यदल सदस्य भक्त कुवर, नेकपा नेता हरिहर पोखेल, कृष्णप्रसाद पराजुली, हुमाकान्त काप्ले, खेमराज पाठक सापकोटा लगाएले शुभकामना ब्यक्त गरेका थिए । अधिवेशनको उदघाटन शत्रको अध्यक्षता लोक बस्याल र स्वागत तिलक न्यौपाने तथा सञ्चालन रामकृष्ण शर्माले गरेका थिए ।
