Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

6037




पर्वतका युवा काठमाडौवाट बेपत्ता, खोजीका लागि परिवारको अपिल
पर्वतका युवा काठमाडौवाट बेपत्ता, खोजीका लागि परिवारको अपिल

पुष १३, पर्वत ।  यहाँका एक युवा दुई हप्तादेखी बेपत्ता भएका छन् । पर्वतको पाङ्गका एक २३ बर्षिय युवा काठमाण्डौको सतुङ्गलबाट १६ दिन देखि बेपत्ता भएका छन । पर्बत जिल्लाको कुश्मा नगरपालिका– २ खुर्कोट घर भएका २३ बर्षिय सिद्धार्थ पौडेल मंसिर २६ गते देखि बेपत्ता भएका हुन ।

हाल काठमाण्डौ जिल्लाको चन्द्रागिरी नगरपालिका वार्ड न १२ सतुङ्गल बस्दै आएका पौडेल घर छाडेर हिडेँको बताइन्छ ।  इलेक्टिकल इन्जिनियरिङ्गको पढाई पुरा गरेका पौडेललाई परिवार र आफन्तले खोजविन गर्दा समेत अहिले सम्म फेला नपरेको पाङ्ग खुर्कोट सम्पर्क समाजका सचिब डा. केदार सुबेदीले जानकारी दिनुभयो ।

हराईरहेका सिद्धार्थको केही दिन सम्म फोनमा घण्टी गएपनि अहिले सम्पर्क हुन नसकेपछि परिवार चिन्तामा डुबेका छन । उनको खोजी गरिदिन र भेटिएमा परिवारलाई खबर गरिदिन सचिब डा. सुवेदीले सामाजिक सञ्जाल मार्फत आग्रह पनि गरेका छन । सिद्धार्थका बाबु खगराज पौडेल भूसंरक्षण बिभागमा लेखा अधिकृत पदमा कार्यरत हुनुहुन्छ । उहाँ केही समय अघि कुस्मा नगरपालिकामा समेत लेखा अधिकृत हुनुहुन्थ्यो ।


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)