Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1589




कार्यान्वयन भएन फलेवास नगरको योजना
कार्यान्वयन भएन फलेवास नगरको योजना

पुष– १२ पर्वत ।  पर्वतको फलेवास नगरपालिकाले कृषकहरुको उपज बजारीकरणको जिम्मा लिने घोषणा गरेपनि कार्यान्वयन भएको छैन । गतवर्ष नगरपालिकाले उक्त योजना सार्वजनिक गरेको थियो । नगरले घोषणा गरेको उक्त योजना अनुसार कृषकहरुको उत्पादन बजारीकरण गर्न नगरपालिकाले कुनै चासो नदिएको कृषकहरुको गुनासो छ । 

कृषकहरुलाई उत्पादन गरेको बस्तुले बजार नपाए बजारीकरणमा सहयोग गर्ने नगरकार्यपालिकाको संकल्प प्रस्ताव थियो । तर, कृषकहरुलाई सहयोग गर्न नगरपालिकाले कुनै कदम चालेको छैन् । कृषकले उत्पादन गरेका बस्तुहरुको बजारीकरणका लागि प्रत्येक वडामा संकलन केन्द्र बनाउने, ढुवानीका लागि सवारीसाधानको व्यवस्था गर्ने, वालीनालीमा क्षती पुगे राहात दिने नगरको योजना कार्यान्वयन नभएकोमा कृषकहरु आक्रोशित छन् । 

कुर्घाका कृषकहरुले दर्जनौँ पटक चिस्यान केन्द्र माग्दा पनि नगरपालिकाले अनुदान नदिए पछि साँसद पदम गिरीलाई गुहारेका थिए । गिरीले साँसद विकास कोषको रकमले चिस्यान केन्द्र स्थापना गर्न आर्थिक सहयोग गर्नुभएको थियो । शंकरपोखरीमा गलत सिफारिस अनुसार कृषकहरुले रोपेको धान नपसाएकोमा नगरपालिकाले अहिलेसम्म राहात दिएको छैन् । 

कुर्घा र लिमिठानाका कृषकहरुले उत्पादन गरेको दूध पर्वतमा बिक्री नभएपछि आफ्नै खर्चले पोखरामा लगेर बेच्दै आएका छन् । पाङराङका कृषकहरुले उत्पादन गर्ने तरकारी वर्खामा गाडी नचलेर गाईवस्तुलाई ख्वाउन बाध्य हुँदै आएका छन् । 

कृषि उपज ढुवानीका लागि नगरपालिकाले सहयोग गर्ने कुरा त परै जओस बाह्रैमास गाडी गुड्ने सडक बनाउन नसक्दा कृषकहरुले उत्पादन गर्ने दूध र तरकारी बाटोमा पोखेर बिरोध गर्नुपर्ने बाध्यता छ । नगरपालिका भने बजारीकरणमा सहयोग गर्ने झुठो आस्वसन बाँडेर कृषकहरुलाई भ्रममा पार्न छाडेको छैन् । 

नगरपालिकाले कृषिका लागि आएको बजेट समेत मन खोलेर बिनियोजन नगरेको भन्दै कृषकहरु आक्रोशित छन् । कृषि उपजमा कर लगाएको नगरपालिकाले बजारीकरणमा सहयोग गर्ने कुरामा कृषकहरुले विश्वास गर्न सकेका छैनन् । 


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)