Correspondent, ParbatNepal
7 years ago
1616
रोशन तिवारी पुष १३ पर्वत । कुश्मा नगरपलिकाका प्रमुख रामचन्द्र जोशीले बालमन्दिर प्रावि कुश्मा र जगदम्भा प्रावि खुर्कोटका विद्यार्थीहरुलाई जाडोका लागि आवश्यक पोशाक बितरण गर्नुभएको छ । मेयर जोशीले सिटी एक्सप्रेसको सहकार्यमा बालमन्दिर प्राविका २० जना विपन्न र गरिव विद्यार्थीहरुलाई पोशाक बितरण गर्नुभयो भने जगदभ्मा प्राविका २२ जनालाई बितरण गर्नुभयो ।
शुक्रबार बिद्यालयमा पुगेर कुनै औपचारिक कार्यक्रम नगरि सबै बालबालिकालाई आफैँ पोशाक लगाइदिएर जोशीले एकआपसमा विद्यार्थी संग खुशी साटासाट गर्नुभयो । नगरप्रमुखको हैषियतमा सरकारले दिने पारिश्रमिक बिद्यार्थीहरुको शिक्षामा खर्चिने घोषणा गर्नुभएका नगरप्रमुख जोशीले आफुले अन्य बिद्यालयहरुमा पनि पोशाक बितरण गदैै जाने बताउनुभएको छ ।
उहाँले यसअघि पनि शैक्षिक सामाग्री, पोशाक र भर्ना शुल्क दिएर बिद्यार्थीहरुलाई सहयोग गरिसक्नुभएको छ । बालमन्दिर प्राविमा श्रमिकका छोराछोरी पढ्दै आएका छन् भने जगदम्भा प्राविमा विपन्न र दलित समूदायका बालबालिका पढ्दै आएका छन् ।
घरको आर्थिक अवस्था कमजोर रहेका बालबालिका स्विटर किन्ने पैसा अभिभावक संग नहुँदा एकसरो कमिज लगाएर बिद्यालय आउने गरेका थिए । जाडोले लुगलुग काम्दै बिद्यालय आउने बालबालिकालाई देखेपछि पहिल्यै पोशाक बितरण गर्ने सोच भएपनि कार्यव्यस्तताका कारण ढिलाई भएको जोशीले बताउनुभयो ।
