Correspondent, ParbatNepal
7 years ago
2229
पुष १४, पर्वत । पर्वतको
कुश्माबजारमा सञ्चालित बैंकमा कार्यरत
कर्मचारीहरु संगठित भएका छन्
। उनीहरुले कुश्मा
बैंकर्स क्लब गठन
गरी संगठित भएका
हुन् । हालै
आयोजित कुश्माबजारमा सञ्चालित विभिन्न १८
बैंक तथा वित्तीय
संस्थाका प्रमुखहरुको भेलाले ग्लोबल
आइएमई बैंक कुश्माका
शाखा प्रबन्धक गोविन्दप्रसाद
आचार्यको संयोजकत्वमा ८ सदस्यीय
तदर्थ समिति गठन
गरेका छन् ।
तदर्थ समितिका सदस्यहरुमा क्रमश - नेपाल बैंक लिमिटेडका शाखा प्रबन्धक सुरेश लामिछाने, राष्ट्रिय बाणिज्य बैंक कुश्माका प्रबन्धक नवराज ढुंगाना, प्रभु बैंक कुश्माका हेमन्त आचार्य, एनआइसी एसिया पर्वतका प्रबन्धक विजय चापागाई, गरिमा विकास बैंकका प्रबन्धक प्रेम प्रसाद अर्याल, नेपाल बैंकका सुस्मा पन्त र देव विकास बैंकका शाखा प्रबन्धक केदार नाथ आचार्य रहेको प्रभु बैंकका शाखा प्रबन्धक हेमन्त आचार्यले जानकारी दिए ।
गठन पश्चात एकापसमा अन्तरक्रियात्मक सम्बन्ध स्थापित गर्ने र संगठित रुपमा सामाजिक कार्य गर्ने मुख्य उद्देश्य रहेको संयोजक गोविन्द आचार्यले बताए ‘सुरुमा कुश्माबजारमा सञ्चालित बैंकबाट प्रतिनिधित्व गरेर गठन गरेका छौँ, अब यसलाई पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित बैंक तथा वित्तीय शाखाका प्रमुखहरुसँग पनि सहकार्य गरी फराकिलो बनाउने योजनामा छौँ । उनले भने ।
‘बैंक तथा वित्तिय क्षेत्रमा काम गर्ने सबैलाई संगठित गरेर अगाडि बढ्ने हाम्रो योजना हो’, संयोजक आचार्यले सबै तहका बैंक तथा वित्तीय क्षेत्रमा कार्यरतहरुलाई संगठित गर्दै जाने योजना सुनाए । ‘नजिकको बैंकिङ्ग सम्बन्ध स्थापित गर्दा धेरै कुरा सिकाई आदानप्रदान पनि हुन्छ’, उनले भने, ‘सबै तहका कर्मचारी बीच मित्रतापूर्ण सम्बन्ध पनि विकास हुँदै जान्छ ।’
