Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2166




पर्वत वेलफेर सोसाईटी यूकेले मे ४ मा नयाँ बर्ष मनाउने
पर्वत वेलफेर सोसाईटी यूकेले मे ४ मा नयाँ बर्ष मनाउने

पर्वत । विभिन्न शिलशिलामा यूके पुगेका पवतेहरुले नेपाली नयाँ बर्ष २०७६ भव्य रुपमा मनाउने तयारी गरेका छन् पर्वत वेलफेर सोसाईटी यूकेले नयाँ बर्ष मनाउन लागेको हो भर्खरै निर्वाचित नयाँ कार्य समितिको बैठकले मे का दिन भव्य सभ्यताका साथ नेपाली नयाँ बर्ष २०७६  मनाउन लागेको जनाएको अध्यक्ष नेत्र आलेको अध्यक्षतामा बसेको बैठकले अल्डरसटको एंपायर हलमा नयाँ बर्ष मनाउने निर्णय गरेको हो कार्यक्रमलाई भव्यताका साथ मनाउनको लागि पर्वत वेलफेर सोसाईटी  यूकेले विभिन्न समिति तथा उपसमिति गठन गरेको

कार्यक्रम तयारी समितिमा उपाध्याक्ष द्धय सञ्जिव गुरुङ, एकवहादुर पुन सदस्य अप्सरा गुरुङलाई जिम्मा दिएको त्यस्तै मनोरञ्जनमा बरिष्ठ उपाध्याक्ष विनोद पुरी सदस्य धुव्र दत्तलाई जिम्मा दिएको संस्थाले जनाएको त्यस्तै प्रचारप्रसारको जिम्मा महासचिव भरत पौड्याल  ,सचिव प्रकाश न्यौपाने,सदस्य बाबुराम भुसाल, नारायण गिरीलाइ जिम्मा दिएको भने, आर्थिक सहयोग संकलनका लागि कोषाध्याक्ष सुरज पौडेल , सहकोषाध्यक्षमा डा. बासुदेव पौड्याल  सदस्य भिमलाल भट्टराईलाई जिम्मा दिइएको महासचिव भरत पौड्यालले जानकारी दिनुभयो यसैगरि खाना  सँगै हलको जिम्मा विनोद पुरी नारायण गिरि लाई जिम्मा दिईएको पौडेलले बताउनु भयो साथै राफल को लागि अंग गर्बुजा, भिम पुर्जा , मेख बहादुर पुन , यम थापा मगरलाइ जिम्मा दिईएको त्यस्तै टिकेट विक्रि वितरणको जिम्मा सुरज पौडेल, डा बासुदेव पौडेल भिमलाल भट्टाराईलाई दिईएको भने, राफरको जिम्मा अङ पुर्जा, मेखवहादुर पुन याम थापालाई दिईएको

कार्यक्रममा पर्वतवाट एक जना कलाकार बोलाउने निर्णय भएको कलाकार बोलाउने जिम्मा अध्यक्ष नेत्र आलेलाई दिईएको पर्वत नेपाल अनलाईन संग कुराकानी गदै अध्यक्ष आलेले विगतका वर्ष जस्तै यस बर्ष पनि यूकेमा भव्यताका साथ कार्यक्रमको मनाउन लागेको बताउनु भयो   उहाँले कार्यक्रम विशुद्ध मनोरञ्जनत्मक भएको  हुँदा पर्वत जिल्लामा जन्मिएर साँस्कृतिक क्षेत्रमा लागेका एक जना कलाकारलाइ पोत्साहन सँग हौसला प्रदान गर्ने उद्देश्यले बोलाउन लागेको जानकारी दिनुभयो कार्यक्रममा कसलाई भन्ने विषयमा छलफल भईनसकेको उहाँको भनाई सो संस्थाले मे को दिन अन्य संघ संस्थालाई कार्यक्रम नजुधाईदिन समेत अनुरोध गरेको

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)