Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1905




फोहोर फाल्न कुश्मा नगरपालिकालाई अवरोध, सडकमा खाल्डा पारेर बिरोध
फोहोर फाल्न कुश्मा नगरपालिकालाई अवरोध, सडकमा खाल्डा पारेर बिरोध


पुष १४ पर्वत । कुश्मा नगरपालिकाले फोहोर फाल्दै आएको मोदीखोलाको किनारमा अबरोध भैरहेको छ । फोहोर फाल्दै आएको ठाउँमा जाने बाटोमा ठुला ठुला खाडल बनाएर गाडी प्रवेश गर्न रोक लगाउँदा नगरपालिकालाई हैरानी भएको छ । फोहोर फाल्न बडागाउँ सामूदायिक बनले रोक लगाएपछि प्रहरी परिचालन गरेर फोहोर फाल्नुपरेको छ । आज फोहोर उठाएर गएका दुई वटा कन्टेनरलाई अवरोध भएपछि प्रहरी परिचालन गरी फोहोर फाल्नुपरेको हो । 

बडागाउँ सामूदायिक बनको सडकमा बाटोमा खाडल पारेपछि फोहोर फाल्न गाडी नै प्रबेश गर्न नपाएपछि नगरप्रमुख रामचन्द्र जोशी, प्रमुख प्रसासकिय अधिकृत सुवासकुमार लामिछाने, वडाध्यक्षहरु रुद्र गिरी, चित्रकला शर्मा पुगेर बिन्ती गर्दा पनि खाडल पुर्न बडागाउँ सामूदायिक बन उपभोक्ता समितिले नमानेपछि प्रहरी परिचालन गरेर जेसिवी मगाएर खाल्डा पुरिएको थियो । करिव एकघण्टा फोहोर बोकेका गाडी सडकमै रोकिएका थिए । 


सडकमा खाल्डा खनेर गुड्नै नमिल्ने बनाएपछि जेसिवी मगाएर खाल्डा पुरिएको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । फोहोर फाल्ने बैकल्पिक ठाउँ नपाउँदा सम्म साविकको ठाउँमा फोहोर फाल्न दिन नगरपालिकाले आग्रह गर्दै आएको छ । अहिले फोहोर फाल्ने ठाउँ तत्काल नपाएकाले केहि समयलाई नरोक्न पटक पटक बन उपभोक्ता समितिका पदाधिकारीलाई अनुरोध गर्दा पनि सडकमा खाल्डा पारेर रोक लगाइएको जोशीले बताउनुभयो । सार्वजनिक ठाउँमा अबरोध गर्ने बिरुद्ध नगरपालिका कडा रुपमा प्रस्तुत हुन बाध्य नपार्न नगर कार्यापालिकाले अनुरोध समेत गरेको छ । यसपछि पनि अवरोध भए सडक अवरोध गर्नेलाई सार्वजनिक मुद्धा लगाउन बाध्य हुने नगरकार्यापालिकाले जनाएको छ । 


बडागाउँ सामूदायिक बन उपभोक्ता समितिका अध्यक्ष मानकुमारी गिरीले भने बनजंगलमा फोहोर नफाल्न सहज तरिकाले भनेपनि नगरपालिकाले बल मिच्याँई गरेको बताउनुभयो । दल बल मगाएर सडकका खाल्डा पुरेर नगरपालिकाले द्धन्द सिर्जना गर्न खोजेको गिरीले बताउनुभयो । फोहोर नफाल्न बन उपभोक्ता समितिले जानकारी दिईरहे पनि नगरपालिकाले बिकल्प नखोज्दा समस्या भएको गिरीले बताउनुभयो ।  अहिले बडागाउँ सामूदायिक बनको सरसफाई गरिरहेकाले जिमिरेको पाखामा फाल्न भनेपनि नगरपालिका जान नमानेपछि अवरोध गरिएको गिरीले बताउनुभयो ।  

शुक्रवार कुश्माबजारका बासिन्दाले चोकमा फोहोर थुपारेर बिरोध जनाएका थिए । करिव तीन साता देखि फोहोरको बिषयमा किचलो देखिएको छ । सेक्रेड नेपाल संग फोहोर फाल्ने सम्झौता गरिएको भएपनि उक्त संस्थाले अहिले सम्म जग्गा पाउन सकेको छैन् । संस्थाले जग्गा नपाउँदा र फोहोर फाल्दै आएको क्षेत्रमा बनले रोक लगाउँदा कुश्मामा फोहोर विसर्जन टाउको दुखाईको विषय बनेको छ ।  



सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)