Correspondent, ParbatNepal
7 years ago
1850
साजन परियार, पर्वत । पर्वतको कुश्मा बजारमा पुन यूवा क्लवले मगर महोत्सवको तयारी थालेको छ । ३७ औँ मगर दिवसको अवसरमा महोत्सव आयोजना गर्न लागिएको हो । फागुन ७ गतेदेखी १५ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
पछिल्लो समय मगर साँस्कति तथा पहिचान लोप हुँदै जान थालेको भन्दै मगर संस्कृति तथा पहिचान संरक्षण गर्न महोत्सवको आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । पुन युवा क्लवका अध्यक्ष कृष्ण पुनले कला सँस्कृतिको संरक्षण र सम्र्वद्धन गर्न मगर महोत्सवको आयोजना गरेको बताउनुभयो । उहाँले महोत्सवले पर्वतको पर्यटकिय महत्व र साँस्कृतिक विविधतालाई पनि प्रचार गर्ने बताउनुभयो । लोप उन्मुख तथा अमुर्त सस्कृतिको खोज अनुसन्धान गर्ने,स्थानीय भाषा,साहित्य,कला,सस्कृती र परम्परागत सिपको सरक्षण , सम्बर्दन गर्न र मगर साँस्कृतीक म्युजियम निमार्ण गर्ने उद्देश्यले महोत्सव गर्न लागेको पुन युवा क्लवका संस्थापक एवम् पूर्व अध्यक्ष जीवन पुन मगरले जानकारी दिनुभयो ।
मेलामा जिल्लाका प्राकृतिक सम्पदाहरुको संरक्षण र विकासमा सबैको ध्यानर्कशन गराउने, व्यापार तथा कृषि जन्य वस्तुको बिक्रि वितरणमा सहज पु¥याउन महोत्सवले भूमिका खेल्नेमा आफूहरु विश्वास्त रहेको जीवन पुनले बताउनु भयो । ९ दिनसम्म संचालन हुने महोत्सवमा स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीका साथै पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता, डान्स आईडल प्रतियोगिता, दोहारी गित प्रतियोगिता, सोरठी नाच प्रतियोगिता एवम् विभिन्न जातजातीका झाँकी प्रदर्शनी एंव स्थानीय खानाका परिकार पाईनुका साथै अन्य प्रतियोगितात्मक कार्यक्रम हुने क्लवका संरक्षक समितिका संयोजक छविलाल पुनले जानकारी दिनुभयो ।
महोत्सवमा करिव २ लाख दर्शकहरुले अवलोकन गर्नेे आयोजकको अपेक्षा छ । उक्त मेलामा प्रवेश शुल्क ८० रुपैयाँ तोकिएको छ । क्लवले ६० बर्षभन्दा माथिका बृद्धबृद्धाहरुलाई निशुल्क पूवेश गराईने क्लवले जनाएको छ । त्यस्तै विद्यार्थीहरुको हकमा भने ५० प्रतिशत छुट गरिने भएको छ । महोत्सवमा १ सय २० वटा स्टलहरु राखिने भएको छ । विगतका वर्षहरुमा दुर्लुङचोकमा आयोजना गर्दै आएको कार्यक्रम यसवर्ष भने बडागाउँ स्थित खेलमैदानमा आयोजना गर्न लागिएको छ ।
