Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1403




जिल्ला अस्पताल पर्वतमा बेथिती – पोषणको बजेट बर्सेनि फिर्ता
जिल्ला अस्पताल पर्वतमा बेथिती – पोषणको बजेट बर्सेनि फिर्ता

पर्वतबालबालिकाको पोषण सुधारका लागि सञ्चालित पोषणगृहका लागि आउने बजेट बर्सेनि फ्रिज भएर जाने गरेको छ। जिल्ला अस्पतालमा सञ्चालित पोषण सुधारगृह व्यवस्थित रूपमा सञ्चालन नहुँदा बजेट फिर्ता हुने गरेको हो

पर्वत र आसपासका जिल्लाका बालबालिकाको पोषणको अवस्थामा सुधार ल्याउन २०६७ वैशाखमा स्थापना भएको पोषण पुनस्स्थापना गृहमा यो वर्ष २२ लाख ५० हजार रुपैयाँ बजेट अख्तियारी आएको छ। गत वर्ष २० लाख बजेट आएकोमा ९ लाख रुपैयाँ फिर्ता भएको थियो

पोषणगृहमा कार्यरत कर्मचारीका अनुसार विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार तौल र स्वस्थ बच्चा नभए पोषणगृहमा ल्याउन सिफारिस गरिन्छ। पोषणगृहमा बच्चा ल्याइसकेपछि कम्तीमा दुई हप्तादेखि दुई महिनासम्म राख्नुपर्छ। तर, यहाँ आउने अभिभावक भोलिपल्टै पनि फिर्ता हुने गरेका छन्

पोषण पुनस्स्थापना गृहमा भर्ना भएका बालबालिका १४ दिनभन्दा थोरै समय बसेर फिर्ता भए त्यो संख्या तथ्यांकमा गणना हुँदैन। तर, बालबालिकाको संख्या र प्रगति धेरै देखाउन कर्मचारीहरूले एक दिन मात्रै भर्ना भएका बालबालिकाको समेत तथ्यांक राख्ने गरेको पाइएको छ ।

चालु आर्थिक वर्षमा हालसम्म २३ बालबालिकाले सेवा लिएको उनले दाबी गरे। विगतमा भन्दा यो वर्ष पोषणगृह सञ्चालन खर्चमा समेत वृद्धि भएका कारण सबै स्थानीय तहस्तरमा प्रचार अभियान सञ्चालन गरेर कुपोषित बालबालिकाको गृहमा आउने संख्या बढाइने उनले बताए। यहाँको पोषणगृहमा एक पटकमा ५ जना बच्चा र तिनका अभिभावक बस्न मिल्ने व्यवस्था छ। यस्ता पोषणगृह पर्वतसहित देशका ६ जिल्लामा मात्रै सञ्चालित छन्। आजको कान्तिपुर दैनिकमा खवर छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)