Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1804




धौलागिरीका कृषकलाई खुशीको खवर-पर्वत, बागलुङ र म्याग्दीमा सुन्तला जोन बनाइने
धौलागिरीका कृषकलाई खुशीको खवर-पर्वत, बागलुङ र म्याग्दीमा सुन्तला जोन बनाइने

पर्वतप्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत पर्वत, बागलुङ र म्याग्दीका सात वटा स्थानीय तहलाई समेटेर सुन्तला जोन बनाईने भएको छ । 

तीनै जिल्लाका न्यूनतम पाँच सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको भुगोललाई समेटेर कार्यक्रम सुरु गरिएको हो ।

सुन्तला जोनमा म्याग्दीको बेनी नगरपालिका, रघुगंगा, मंगला र मालिका गाउँपालिका बागलुङ जिल्लाका बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका र पर्वतको जलजला गाउँपालिकाको ५२ वटा वडालाई समेटिएको छ ।

कार्यक्रम मार्फत नर्सरी स्थापना, बिरुवा उत्पादन, प्राविधिक सहयोग, कृषि बजार केन्द्र स्थापना, प्रषोधन केन्द्र, ग्रेडिङ तथा संकलन गर्ने गोदाम, सिचाई, कृषि औजार, यन्त्र उपकरण, प्रर्दशनी, बजारीकरण लगायतका क्षेत्रमा सहयोग गरिने कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले बताउनुभयो ।

जोनमा समेटिएका कृषकहरुलाई सुन्तला खेती सम्बन्धी योजनाका लागि ५० देखि ८५ प्रतिशतसम्म अनुदान उपलब्ध गराउने व्यवस्था छ ।

आगामी आठ वर्ष सञ्चालन हुने कार्यक्रमबाट सुन्तलाको उत्पादन वृद्धि, गुणस्तर सुधार र आयात न्युनीकरण गर्ने लक्ष्य छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)