Correspondent, ParbatNepal
7 years ago
2135
पर्वत
। शिक्षक सेवा
आयोगको लिखित परीक्षामा पास
हुनुभएका प्रा.वि.
र मा.वि.
तहका शिक्षकहरुको लागि
पर्वत सदरमुकाम कुश्मामा
एक दिने निशुल्क
अन्तरवार्ता तयारी कक्षा सम्पन्न
भएको छ । कुश्मा नगरपालिका अन्तर्गत
नगर शिक्षा शाखाका
अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले उत्तिर्ण हुनुभएका
सबै शिक्षकहरुलाई लक्षित
गरी निशुल्क रुपमा
अन्तरवार्ता तयारी कक्षा संचालन
गर्नुभएको हो ।
अस्थायी शिक्षकहरु लामो समयदेखि
अस्थायी सेवामा रहेर काम
गरेको र लिखित
परीक्षामा उत्तिर्ण भएपछि स्थायी
हुनका लागि सहयोग
पु¥याउने उद्धेश्यले
एक दिने प्रशिक्षण
दिने योजना बनाएको
अधिकृत क्षेत्रीले बताउनुभयो ।
लिखित
परीक्षा पास भएका
शिक्षकहरु अन्तरवार्तामा पनि पास
भएपछि आवश्यक माग
संख्याको आधारमा स्थायी हुनेछन्
। अन्तरवार्ता पूर्व
तयारी कक्षामा अन्तरवार्ता
दिँदा ध्यान दिनुपर्ने
कुराहरु, अन्तरवार्तामा सोधिन सक्ने सम्भावित
समस्याहरुको बिषयमा छलफल र
जानकारी तथा अन्य
बिभिन्न बिषयमा अधिकृत क्षेत्री
सहित निजामति कर्मचारीका
रुपमा बिशेष अनुभव
भएका कर्मचारीहरुले प्रशिक्षण
दिनुभएको थियो ।
त्यस
बाहेक, तह अनुसार
बिषयगत रुपमा रहनुभएका बिषय
बिशेषज्ञहरु भूमिराज शर्मा, लक्ष्मण
गौतम, गोविन्द पोखरेल,
आनन्द रिमालले पनि
सहभागीहरुलाई अन्तरवार्तामा सोधिन सक्ने बिषयगत
समस्याहरुको बारेमा जानकारी गराउनुभएको
थियो । सदरमुकाम
कुश्मामा रहेको यूनिभर्सल पार्टी
प्यालेसमा तालिमको आयोजना गरिएको
कार्यक्रमको प्रमुख प्रशिक्षक नगर
शिक्षा अधिकृत क्षेत्री रहनुभएको
थियो ।
झण्डै २ सय जनाको सहभागिता रहेको कार्यक्रममा स्वागत मन्तब्य श्रोत व्यक्ति रामप्रसाद लामिछानेले राख्नुभएको थियो भने संचालन अर्का स्रोत व्यक्ति कुमारप्रसाद उपाध्यायले गर्नुभएको थियो । यसैबीच, सोही कार्यक्रममा सहभागी हुनुभएका केही शिक्षकहरुले अन्तरवार्ता फेस गर्न शक्ति बढेको प्रतिक्रिया दिएका छन् ।
अहिलेसम्म बिभिन्न संस्थाले दिने शिक्षक सेवा आयोगको परिक्षाको तयारीका लागि चर्को मूल्य तिर्दै आएका शिक्षकहरुले नगर शिक्षा अधिकृत क्षेत्रीले आप्mनो पैसा खर्च गरेर शिक्षकहरुलाई निशुल्क तालिम दिनु सह्रानीय काम भएको बताएका छन् ।
कार्यक्रममा बोल्नुभएका पर्वत, बागलुङ र म्याग्दी जिल्लाका पेशागत संघ संगठनहरुका प्रमुख तथा प्रतिनिधिहरुले पनि अरुको सफलताको लागि एक जना व्यक्तिले कार्यक्रम राखेर झण्डै २ सय जनालाई प्रशिक्षण दिनु उदाहरणीय काम भएको बताउनुभयो ।
