Correspondent, ParbatNepal
7 years ago
1801
पर्वत– जन्मोत्सवको अवसरमा यहाँका एक व्यवसायिले शठकोप राधा माधव सत्सङ्ग आश्रम कुश्मा पर्वतका लागि इनरह्वील क्लब अफ पर्वतद्वारा ३० थान प्लाष्टिक कुर्ची सहयोग गरेका छन् ।
इनरह्वील क्लब अफ पर्वतका अध्यक्ष जमुना अधिकारी तथा रोटरी क्लव अफ पर्वतका पुर्व अध्यक्ष गोपी अधिकारीको शुभ जन्मोत्सवको अवसरमा अधिकारी परिवारद्वारा सो सामाग्री सौजन्य गरिएको हो । गायत्री आमा समूहद्वारा कुश्मावजार स्थित चिलाउनेचौतारामा निर्माणधिन आश्रम प्राङ्गणमा शुक्रवार आयोजित एक समारोहमा इनरह्वील इन्टरनेशनल, डिष्ट्रिक ३५० का डिष्ट्रिक चियरम्यान सुनी जोशीले सो सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि जोशीले समाजमा शान्ति सुव्यवस्था कायम गर्न सनातन धर्मको महत्वपुर्ण भुमिका रहने वताउदै अरुलाई दुख नदिनु र अरुको दुखमा साथ दिनु नै वास्तविक मानव धर्म भएको बताउँदै आश्रम निर्माणको लागि पाँच हजार रुपैयाँ नगद सहयोग प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा रोटरी क्लव अफ पर्वतका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले जन्म दिन पर्नु हुने अधिकारी दम्पतीलाई शुभकामना दिंदै आफ्नो खुशीलाई परिवार भित्र सिमित नराखी समाजको लागि योगदान गर्नु सह्रानीय भएको वताउदै रोटरी, इनरह्वीलको वास्तविक मर्म मानव सेवा भएको वताउनुभयो । कार्यक्रममा रोटरी डिष्ट्रिकका आईटी प्रमुख शैलेन्द्र राजभण्डारी, रोटरी क्लव अफ पर्वतका अध्यक्ष सावित्री खत्री क्षेत्री, पुर्व अध्यक्ष गोपी अधिकारी, गायत्री आमा समूहका अध्यक्ष सिता के.सी. र आश्रम निर्माण समितिका सचिव रिता के.सी. लगायतले मावन जन्मका विविध पक्षहरुको चर्चा गर्दै सेवा नै धर्म भएको वताउनु भयो ।
कार्यक्रम क्लवका अध्यक्ष जमुना अधिकारीको अध्यक्षता, उपाध्यक्ष जलन के.सी. को सञ्चालनमा सम्पन्न भएको थियो ।
सो कार्यक्रम पुर्व डिष्ट्रिक चियरम्यान जोशीद्वारा इनरह्वील क्लव अफ पर्वतको अफिसियल क्लव भिजिट सम्पन्न भएको थियो । क्लवको सचिव अनिता सापकोटा चापागाईले क्ल्वको गतिविधीको वारेमा, क्लवका कोषाध्यक्ष गंगा शर्माले क्लवको आयव्ययको वारेमा र आईएसओ इनरह्वील खिम मायाँ पाईजा गिरीले क्लवको अन्तर्रा्ष्ट्रिय गतिविधीको वारेमा प्रस्तुत गर्नु भएको कार्यक्रममा संस्थापक अध्यक्ष लक्ष्मीकुमारी मेधासी, निवर्तमान अध्यक्ष चन्द्रकला पौडेल, पुर्व अध्यक्ष सावित्री खत्री क्षेत्री लगायतले क्लवको प्रगतिको शुभकामना व्यक्त गर्नु भएको थियो ।
