Author
ParbatNepal
Correspondent, ParbatNepal
7 years ago
1705
पर्वतको पाङराङमा ‘वाई म्याक्स’ सेवा सुरु
पर्वत– नेपाल टेलिकम पर्वतले गाउँगाउँमा टेलिफोन र इन्र्टरनेटको सेवा बिस्तार गर्न लागेको छ । नेपाल टेलिकम पर्वतले दिएको जानकारी अनुसार शुक्रवार फलेवास नगरपालिकाको पाङ्गराङ्गमा रहेको टावरमा वाई म्याक्स सेवा सुरु गरेको हो ।
अब वाई म्याक्स समेत अनलिमिटेड ईन्टरनेट चलाउन पाइने सेवा रहेको कार्यलयका प्रमुख केशब भूषालले बताउनुभयो । उहाँका अनुसार ल्याण्डलाईन नपुगेका स्थानहरुमा पनि यो ताररहित प्रबिधि चलाउन सकिन्छ ।
फलेवासका बाच्छा,पाङ्गराङ्ग,देबिस्थान लगायत बागलुङ का अर्जेवा,जैदी,छिस्ती क्षेत्रमा यो प्रभावकारी हुने उहाँले बताउनुभयो ।
सम्बन्धित समाचार (फलेवास नगरपालिका )
सम्बन्धित समाचार ( मुख्य खबर)
