Correspondent, ParbatNepal
7 years ago
1491
पर्वत–
गण्डकी प्रदेश सरकारले गण्डकी
प्रदेशका ११ वटा
जिल्लाहरुमा पुगेर स्थानीय तहका
समस्या समाधान गर्न सुरु
गरेको छ । स्थानीय तहहरुबिच समन्वय,अन्तरक्रिया तथा गोष्ठी
कार्यक्रमको सुरुवात पर्वतबाट भएको
हो । प्रदेश
सरकार मुख्यमन्त्री तथा
मन्त्रीपरिषद्को कार्यालयले बाग्लुङ,म्याग्दी
हुँदै यहाँका सवै
११ जिल्लामा पुगेर
कार्यक्रम आयोजन गर्न लागेको
हो ।
पर्वतको कुश्मामा आज छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव एवंम कार्यक्रमका सभापति धर्मराज कुइकेलले स्थानीय तहहरुले सहअस्तित्व,समन्वय र सहकार्यको निति अपनाउन नसक्दा समस्या आइपरेको बताउनुभयो । उहाँले यहाँको समन्वय समिति,जिल्ला प्रसासनसंग समन्वय गर्न आग्रह गर्दै ती क्षेत्रबाट समेत समाधान नभएमा प्रदेश सरकार संग समन्वय गर्न सुझाव दिनुभयो ।
समन्वय समितिका पर्वतका संयोजक मनोहर वि पौडेलले स्थानीय तहमा कर्मचारीहरुको अभाव, कानुनको अभाव, पूर्वाधारको अभाव, जिम्मेवारीको अभाव लगायतका समस्या रहेको बताउनुभयो । यस्ता समस्याका कारण स्थानीय तहले अपेक्षाकृत काम गर्न नसकेको उहाँले बताउनुभयो । कुश्मा नगरपालिकामा न्यायिक समिति गठन हुन नसक्दा निकै आलोचना खेप्नु परेको विश्वकर्माले बताउनुभयो ।
कार्यक्रममा
बोल्दै कुस्मा नगरपालिकाका उपप्रमुख
सीताकाफ्ले लामिछानेले विभिन्न वाहनामा
न्यायिक समिति बन्न नसकेको
बताउनुभयो । यता,जलजला गाउँपालिकाका प्रमुख
यामबहादुर मल्ल‘रामकृष्णले’
समन्वय समिति,प्रसासन र
प्रहरी स्वंयले गाउँपालिले सञ्चालन
गरेका कामहरुमा असहयोग
गरेको भन्दै आरोप
लगाउनुभयो । कार्यक्रममा
न्यायिक समितिको क्षेत्राधिकार सम्बन्धी
प्रक्षिण जिल्ला न्यायधिश सूर्यबहादुर
थापाले प्रस्तुत गरेका थिए
। संघ,प्रदेश
र स्थानीय तहहरुवीचको
अन्तरसम्बन्ध बिषयक प्रस्तुतीकरण मुख्यमन्त्री
तथा मन्त्रीपरिषद्को कार्यालयका
उपसचिव डिल्लीराम सिग्देलले राखेका
थिए ।
छलफल तथा अन्तरत्रियाको सहजिकरण मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका कर्मचारी अर्जुन प्रसाद पौडेल र चण्डिका पौडेलले गरेका थिए ।
