Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2481




सडकमा फोहोर फाल्र्नेलाई कारबाही गछौँ–ट्राफिक प्रमुख
सडकमा फोहोर फाल्र्नेलाई कारबाही गछौँ–ट्राफिक प्रमुख

पर्वत ट्राफिक प्रहरीको मख्य काम दुर्घटना न्यूनिकरण गर्ने हो । नियम विपरित सवारी साधन चलाउने सवारी साधानलाई कारबाही गर्ने हो । ट्राफिक नियम सम्वन्धी नागरिकलाई सचेत गराउने प्रहरीको दायित्व हो । तर, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सडकलाई सफा र स्वच्छ बनाउन यतिबेला सक्रियता देखाउन थालेको छ ।

नेपाली समाजमा फोहोरमैलाप्रतिको सोच अत्यन्त सतही रहेको छ । आफैँद्वारा उत्सर्जन भएको फोहोरले कतिसम्म हानि पु¥याउँछ भन्नेसमेत हामीलाई थाहा छैन । नागरिकले सडक छेउछाउमा फाल्ने फोहोरले सडक दुर्घन्धित हुनुका साथै नागरिकमा प्रत्यक्ष असर पु¥याएको देखिन्छ । नागरिकको स्वास्थ्य अवस्थालाई मध्ये नजर गदै सडकलाई सफा र स्वच्छ बनाउन यतिबेला जिल्ला ट्राफिक प्रहरीले सक्रियता देखाउन थालेको हो ।

सडकलाई सफा बनाउन जिल्ला प्रहरी कार्यालय पर्वतले सडकमा फोहोर फाल्र्नेलाई कारबाही गर्ने भएको छ । मध्यपहाडी लोकमार्ग सडक खण्ड अन्तरगत पोखराबागलुङ राजमार्ग सडकमा जथाभावी फोहोर फाल्नेलाई प्रहरीले कारबाही थालेको हो ।  मान्छे नभएको मौका छोपेर सडक र सडक छेउमा फोहोर फाल्नेलाई तत्कालै कारबाही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामकृष्ण गौलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सडकमा जथाभावी फोहोर फाल्नेलाई तत्काल कारवाही गरि जरिवाना लगाईने बताउनु भयो । ‘जिल्ला प्रहरी कार्यालय पर्वतले जथाभावी फोहोर फाल्ने विरुद्ध कडा निगरानी गरिरहेको छ । जतिबेला पनि कारबाहीमा पर्न सक्छन, उहाँले भन्नुभयो –खुला ठाउँमा फोहोर फालेको देख्ने वित्तिकै रसिद काटेर जरिवाना तिर्न लगाईन्छ । आफुँले फालेको फोहोर पनि आँफैले उठाएर लैजानुपर्छ । त्यस्तै प्रहरीले सडक छेउछाउमा रहेका पसललाई अनिवार्य डस्वीन राख्न आग्रह गरेको छ ।

प्रहरीले पहिलो चरणमा बान्द्रवेणी चौर देखी दुर्लुङचोक सम्मको सडक सफा गरेको छ । सडकमा सवारी साधानले ढुङगाको ओट राख्न पनि मनाही गरेको छ । सडकमा जथाभावी ढुङगा राखेका कारण दुर्घटना बढेको बताउँदै सवारी साधानले ओट राख्न काठ प्रयोग गर्नुपर्ने बताएको छ । 

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)