Correspondent, ParbatNepal
7 years ago
2017
पुष २४, पर्वत । पर्वतका ऐतिहाँसिक धरोहर, सामाजिक अगुवा एवं राजनीतिज्ञ अमृतप्रसाद जोशीको ११ औँ स्मृति दिवश सोमवार पर्वतमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । अमृत जोशी स्मृति प्रतिष्ठानको आयोजनामा ११ औँ स्मृति दिवश मनाइएको हो ।
कार्यक्रमका अवसरमा एसईइ परिक्षामा उत्कष्ठ अंक ल्याएर उतिर्ण भएका ९ जना बिद्यार्थी, साहित्यकार शान्तीनारायण श्रेष्ठ र नेपाली काँग्रेसका क्षेत्रीय सभापति क्याप्टेन धनवहादुर थापालाई सम्मान गरिएको छ । कार्यक्रममा बोल्दै अमृत जोशी स्मृति प्रतिष्ठानका प्रमुख संरक्षक एवं पूर्व साँसद अर्जुनप्रसाद जोशीले अमृतप्रसाद जोशी सबैका लागि खुल्ला किताव रहेको उल्लेख गर्नुभयो ।
आफ्ना वुवा अमृतप्रसाद जोशीले समाजका लागि गरेको योगदानका कारण अहिले पनि पर्वतवासीहरुले उहाँको मुक्तकण्ठले प्रसंसा गर्ने गरेको उल्लेख गर्दै उहाँकै प्रेरणले आफुपनि समाजप्रति उत्तरदायी भई लागिरहेको बताउनुभयो । जोशीले अमृतप्रसाद जोशी स्मृति प्रतिष्ठानलाई सबैको साझा संस्थाको रुपमा सञ्चालन गर्न पटकपटक सुझाव दिनुभयो ।
राजनीतिमा हार्ने सकिने तर समाजसेवामा कहिल्यै पनि हार भन्ने कुरा नहुने उल्लेख गर्दै काँग्रेस केन्द्रिय सदस्य समेत रहेका जोशीले अमृतप्रसाद जोशी राजनीति र समाजसेवामा कहिल्यै नहारेको बताउनुभयो । स्मृति प्रतिष्ठानले स्थापना गरेको कोषलाई ५ लाख पु¥याउने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा
बोल्दै प्रतिष्ठानका अध्यक्ष गंगाधर तिवारीले
प्रतिष्ठान सबैको साझा थलोको
रुपमा रहँदै आएको
बताउनुभयो । कार्यक्रममा
नेपाली काँग्रेसका जिल्ला सभापति
खिमप्रसाद भुसाल, कुश्मा नगरपालिकाका
प्रमुख रामचन्द्र जोशी, जलजला
गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल,
उद्योग वाणिज्य संघ पर्वतका
अध्यक्ष केदारनाथ शर्मा, डिल्लीराम
स्मृति प्रतिष्ठानका संरक्षक एवं कुश्मा
नगरपालिकाका उपप्रमुख सिता काफले
लामिछाने, नेकपाका नेता गोविन्द
पहाडी, अमृतप्रसाद जोशीका समकालिन
सहपाठी हरिप्रसाद शर्मा, अमृतप्रसाद
जोशी स्मृति प्रतिष्ठानका
सल्लाहकार कुलप्साद उपाध्याय लगायतले
बोल्नुभएको थियो ।
नारायण माविका पूर्व प्राचार्य पृथ्वीनारायण शर्मा र समाजसेवी कृष्णराज शर्माले जोशीलाई सम्झिने कविता बाचन गर्नुभएको थियो । प्रतिष्ठानका सल्लाहाकार कमलनाथ शर्माले अमृतप्रसाद जोशीको जीवनीका बारेमा जानकारी गराउनुभयो भने कार्यक्रमको स्वागत प्रतिष्ठानका उपाध्यक्ष मानकुमारी गिरी र कार्यक्रमको सञ्चालन सचिव माधव पौडेलले गर्नुभएको थियो ।
