Correspondent, ParbatNepal
7 years ago
1622
पुष
२४, पर्वत । पर्वतका ग्रामीण क्षेत्रमा निर्माण हुन लागेका सिँचाइका योजना धमाधम सम्झौता
हुन थालेका छन् ।
गण्डकी
प्रदेशअन्तर्गत स्थापना भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतद्वारा
चालू आर्थिक वर्षका लागि तोकिएका योजना धमाधम सम्झौता भई कामसमेत शुरु हुन लागेका हुन्
। प्रदेश सरकारअन्तर्गत सिँचाइका नौ वटा योजनामध्ये पाँच वटा सम्झौता भइसकेका छन् भने
तीनवटाको सर्भेक्षण सम्पन्न भई लागत अनुमान तयारीमा रहेको कार्यालयले जनाएको छ । त्यस्तै
एउटा योजनाको सर्भेक्षण शुरु गरिएको छ ।
प्रदेश
सरकार अन्तर्गतकै नदी नियन्त्रणतर्फ सात वटा योजना रहेकोमा चार वटा सम्झौता भइसकेका
छन् । दुई वटाको लागत अनुमान तयार हुँदै गरेको र एउटा योजनाको सर्भेक्षण शुरु गरिएको
कार्यालय प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिनुभयो ।
पर्वतमा झण्डै सात हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । चालू आवमा सञ्चालित योजना पूरा भएपछि करीब २०० हेक्टर थप जमीनमा सिँचाइको सुविधा पुग्ने कार्यालयको अनुमान रहेको छ ।
