Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2063




पर्वतका खोप अधिकृत हङकङमा सम्मानित
पर्वतका खोप अधिकृत हङकङमा सम्मानित

पर्वतजिल्ला स्वास्थ्य कार्यालय पर्वतमा कार्यरत खोप अधिकृत जयन्द्रमान गुरुङलाई पर्वत मञ्च हङकङले सम्मान गरेको छ ।

नेपालमा रहेर लामो समयसम्म सरकारी सेवामा रहेर देशको लागि योगदान पु¥यानुभएको भन्दै उहाँलाई सम्मान गरिएको पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ९मिलन० ले जानकारी दिनुभयो । जयन्त्रमान गुरुङ ३४ बर्षदेखि स्वास्थ्य सेवामा कार्यरत हुनुहुन्छ । जोर्डनको भारतीय गोर्खा भू।पू। सैनिक रेष्टुरेण्टमा आयोजना गरिएको सम्मान कार्यक्रममा गुरुङकी श्रीमती जगन गुरुङ र उहाँकी आमालाई पनि सम्मान गरिएको छ ।

पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ (मिलन) को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि पनि सम्मानित हुनुभएका गुरुङ नै रहनुभएको थियो । सम्मानित हुनुभएका गुरुङलाई मञ्चका अध्यक्ष दुर्गा गुरुङ (मिलन) ले सम्मानपत्र प्रदान गर्नुभएको थियो भने निवर्तमान अध्यक्ष श्यामप्रसाद गुरुङ, भूतपूर्व संयोजक मिनबहादुर गुरुङ र दुर्लुङ सम्पर्क समाजका अध्यक्ष उदीम गुरुङ पूmलको गुच्छा सहित खादा ओढाएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै सम्मानित हुनुभएका जयन्द्रमान गुरुङले आँपूmलाई नेपालको सेवा गरेकोमा सम्मान गरेकोमा कामप्रति झनै जाँगर बढेको भन्दै सम्मान प्रदान गर्ने संस्था पर्वत मञ्च हङकङलाई बिशेष धन्यवाद दिनुभयो । कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष गुरुङले नेपालमा जन्मिएर नेपालमै सेवा गरेका कारण मातृभूमिप्रतिको सम्मानको लागि खोप अधिकृत गुरुङलाई सम्मान गरिएको जानकारी दिनुभयो । आँपूmहरु विदेशमा रहेर सेवा गरिरहेको भएपनि नेपालमा रहेर मातृभूमिको लागि सेवा गरिरहनुभएका सबै नेपाली नागरिकहरुमा उच्च सम्मान रहेको बताउनुभयो । मञ्चका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक भिम गुरुङले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रमको संचालन विद्या गुरुङले गर्नुभएको थियो ।

 

यसैबीच, सोही कार्यक्रममा मञ्चमा रिक्त अवस्थामा रहेको सचिव पदमा पदाधिकारी नियुक्त गरिएको छ । मञ्चका अध्यक्ष गुरुङले दिनुभएको जानकारी अनुसार उक्त पदमा मन्जिल गुरुङलाई मञ्चका तत्कालिन निर्वाचन मण्डलका संयोजक तिर्थ गुरुङले खादा ओढाई पदभार ग्रहण तथा सपथ गराउनुभएको हो ।

 

पर्वत मञ्च हङकङ बिभिन्न १० ओटा ईकाई संस्थाहरु मिलेर बनेको साझा संस्था हो । कार्यसमितिमा भने अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्षको पद राखिएको छ भने मानार्थ सदस्यहरुमा १० ओटै ईकाईका अध्यक्षहरु रहने व्यवस्था छ । मञ्चको कार्यसमितिमा ११ जना सल्लाहकार रहने व्यवस्था छ । तर अहिलेसम्म सल्लाहकारहरु नराखिएको र अब चाँडै सल्लाहकारहरु पनि राखिने अध्यक्ष गुरुङको भनाई छ । यसले विदेशमा रहेर बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ भने नेपालका बिभिन्न ठाउँ सहित पर्वत जिल्लामा पनि बिभिन्न सहयोगहरु गर्दै आएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)