Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1644




कुश्माको एकीकृत सहरी विकास गुरुयोजना सार्वजनिक : पर्यटन र कृषिले समृद्धि
कुश्माको एकीकृत सहरी विकास गुरुयोजना सार्वजनिक : पर्यटन र कृषिले समृद्धि

पर्वत पर्यटन कृषिमा लगानी गर्न सके केही वर्षमै कुश्मावासी आत्मनिर्भर हुने एक अध्ययनले देखाएको कुश्माको एकीकृत सहरी विकास गुरुयोजनाका अध्येताहरूले चार महिनाको अध्ययनपछि यस्तो प्रतिवेदन प्रस्तुत गरेका हुन्

अध्ययनकर्ता एवम् योजनाकार केदार दाहाल, योजनाविद् कृष्णप्रसाद तिमिल्सिना चन्द्रकान्त बरालले अध्ययनको संयुक्त प्रतिवेदन प्रस्तुत गर्दै नगरको समृद्धिका लागि कृषि पर्यटनका अलावा विद्युत्, शिक्षा, सडक, सशक्तीकरण, खानेपानी, सिँचाइलगायतलाई समेटेका छन्

योजनाविद्हरूले मंगलबार कुश्मामा संयुक्त प्रतिवेदन सार्वजनिक गर्दै सहरी विकास तथा भवन निर्माण विभागले कुश्मावासीले देखेका समृद्धिका दुई विषयमा विस्तृत परियोजना सर्वेक्षण ९डीपीआर० तयार गरिने बताएपहिलो चरणमा कुनै दुई शीर्षकमा ६० करोडसम्मका योजनामा काम हुन्छ,’ योजनाविद् दाहालले भने, ‘पहिलो चरणका योजना सुरु भएपछि प्राथमिकताका आधारमा अरू योजना अघि बढाइन्छसहरी विकास मन्त्रालयको लगानीमा चालु वर्षदेखि नै सुरु हुनेगरी दुई योजनाको डीपीआर बनाइने उनले बताए

कुश्माका सबैजसो वडाध्यक्षले सडक, धार्मिक पर्यटन कृषि क्षेत्रमा काम अघि बढाउन योजनाविद्हरूलाई सुझाएबुद्ध जन्मिएको लुम्बिनी जानकी जन्मिएको जनकपुर जसरी चर्चामा पार्वती जन्मिएको पाङको उति चर्चा हुन सकेको छैन,’ कुश्मा का वडाध्यक्ष देवेन्द्र सुवेदीले भने, ‘पाङ चिनाउनेगरी गुरुयोजना काम सुरु गरौं नगरको समृद्धि यसैमा कुश्मा १० ११ का वडाध्यक्षहरूले कुश्माज्ञादी जोड्ने मोटरेबल पुल, साइकलचोकठूलीपोखरीखौलाआर्थर भञ्ज्याङ हुँदै प्रदेश राजधानी जोड्ने सडक कालोपत्रे गर्न डीपीआर बनाइनुपर्ने बताए

उद्योगी व्यवसायी अगुवा किसानहरूले जिल्लाभरिमै चिस्यानकेन्द्र नभएकाले यसको अवधारणा ल्याउनुपर्ने बताएपर्वतमा उत्पादित आलु, सुन्तला लामो समय टिकाइराख्न चिस्यानकेन्द्रको अभाव ,’ उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले भने, ‘एउटा चिस्यानकेन्द्र भए जिल्लाभरका किसानले लाभ लिन सक्छन्कुश्मा१० का वडाध्यक्ष सुजन विकले कुश्माको विकासका लागि अब सदरमुकामलाई ज्ञादी जोड्ने मोटरेबल पुल अत्यावश्यक भइसकेको बताएविगतमा हामीले कुश्माज्ञादी झोलुंगे पुलको सपना देखेका थियौं त्यो पूरा भएको ,’ उनले भने, ‘अब मोटरेबल पुलको सपना सुरु गर्नुपर्छ सपना नदेखी अघि बढ्न सकिन्न

कुश्माकै प्रमुख अन्न भण्डारका रूपमा रहेको कटुवाचौपारी, पाङ, पकुवालगायतमा कृषि क्षेत्रका साना तथा मझौला उद्योग आवश्यक रहेको सहभागीले सुझाए प्रदेश सरकारले पोखराकोछाया सहरका रूपमा विकास गर्ने योजना बनाइरहेका बेला सोहीअनुसारका योजनालाई पनि प्राथमिकतामा राख्नुपर्ने अगुवाले सुझाव दिए विज्ञहरूको टोलीले कुश्माको हालको जनसंख्या जनसंख्या वृद्धिदर, शैक्षिक अवस्था, पानीको स्रोत, प्राकृतिक कृत्रिम पर्यटकीय क्षेत्र, कृषि खेतीयोग्य जमिन, सडक, सिँचाइ लगायतलाई आधार मानेर गुरुयोजना तयार पार्न लागेको हो

विकासका लागि सहरी रणनीनिक सडक, खानेपानी, पर्यटकीय क्षेत्र, धाम, मठमन्दिर, बसपार्क, कृषि संकलन केन्द्र, पार्करपिकनिकस्थल, सिँचाइ, ढलनिकास लगायतका योजना प्राथमिकतामा राखिने मन्त्रालयले जनाएको योजनाविद्हरूले स्थानीय आवश्यकता जनसंख्या वृद्धिदरका आधारमा विकासका योजना बनाउन सरोकारवालालाई आग्रह गरे लामो समयको अध्यययन छलफलपछि प्रदेश राजधानी जोड्ने सडक, कुश्मा मा फनपार्क, कुश्मा पाङमा पार्वतीपार्क, छमर्केखुर्कोट सडक, चिस्यान केन्द्र प्राथमिकतामा राखिएको नगरप्रमुख रामचन्द्र जोशीले बताए

सबैजसो वडाध्यक्षले आफ्नो वडाकै योजनालाई प्राथमिकतामा राख्नुभएको ,’ जोशीले भने, ‘सबै वडालाई समेट्ने योजना अघि बढाउन सहमत भएका छौंकुश्मालेसुन्दर, समृद्ध कुश्मा नगरभन्ने साझा नारासमेत सार्वजनिक गरेको कान्तिपुर दैनिकमा खवर छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)