Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

3875




पर्वतमा यस्ता मेयर पनि छन्
पर्वतमा यस्ता मेयर पनि छन्

पर्वतस्थानीय तहका जनप्रतिनिधीहरुले आफ्नो तलव भत्ता आफै बढाएको खवर बेलाबेलामा सुन्नमा आउँछ नागरिकका आवश्यकता भन्दा पनि जनप्रतिनिधीहरु आफ्नो सेवा सुविधा बढाउन तल्लिन भएको गुनासो आईरहेको यद्यपी पर्वतमा यस्ता मेयर पनि छन् , जो आफ्नो तलव भत्तावाट गरिव, दुःखी विपन्न समुदायका बालबालिकालाई सहयोग गदै आएका छन् पर्वत कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले आफ्नो तलवभत्ताको रकमले नगरका बालबालिकालाई न्यानो कपडा वितरण गरेका छन्



जनप्रतिनिधी भएवापत राज्यले दिने सेवा सुविधा वापतको रकम नगरवासीकै नाममा खर्च गर्ने घोषण गरेका मेयर जोशीले शुक्रवार कुश्मा नगरपालिका१० पिपलटारी तमादीमा अवस्थित सिद्धेश्वर प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् उक्त कार्यक्रममा सिटी एक्सपसको पनि सहयोग रहेको थियो

जाडो मौसममा विपन्न परिवारका बालबालिकालाई चिसोवाट बचाउन न्यानो कपडा वितरण गरिएको जोशीले बताउनु भयो सो अवसरमा बोल्दै जोशीले आफु सँधै विपन्न गरिब परिवारको साथमा रहेको बताउनुभयो नागरिकका अपेक्षा समस्यालाई न्यूनिकरण गर्नु मेरो दायित्व हो, जोशीले भन्नुभयो,‘मलाई पाँच बर्षको अवधिमा नगरको मुहार फेर्ने धोको


आफु नगरप्रमुखमा निर्वाचित भएको झण्डै दुई वर्ष पुग्न लागेको बताउँदै समृद्ध नगरपालिकाको निम्ति रचनात्मक कार्यक्रमहरु अघि सारिएको बताउनुभयो उहाँले नगरको विकासका लागि नगरपालिकाका बासिन्दाहरुले आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिनुभएको यसअघि पनि मेयर जोशीले तलबबाट बिद्यार्थी, बिद्यालय, उपचार पाउन नसकेका बिद्यार्थीलाई सहयोग गर्दै आएका छन

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)