Correspondent, ParbatNepal
7 years ago
2071
पर्वत– पर्वत सँगै आफ्नो जन्मस्थानलाई संसारभरी चिनाउने उद्देश्यले समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले साविक बाजुङ गाविसको बृत्तचित्र निर्माण गरेका छन् । विशेष गरि मोदी गाउँपालिका सँगै साविक बाजुङ गाविसलाई समेटेर बनाईएको बृत्तचित्र यूटयुब मार्फत सार्वजानिक भईसकेको छ । गुरुङले मिलन डि.जि इन्टरनेश्नल प्रा.लि.मार्फत बृत्त चित्र सार्वजानिक गरेका हुन् । उक्त यूटयुब च्यानल गुरुङले संचालनमा ल्याएको धेरै बर्ष भयो । बृत चित्र सामजिक सञ्चाल मार्फत निकै भाईरल बनेको छ । वृत्तचित्र दर्शकले निकै रुचाएको पाईन्छ ।
३० मिनेटको यो बृत्तचित्रले बाजुङको ऐतिहासिक, धार्मिक,पुरातात्विक एवम् यहाँ कला संस्कृति रितिरिवाज महत्वलाई प्रस्तुत गरीएको छ । बृत्तचित्रमा हिमाल,पहाड, बाजुङमा फुल्ने सुन्दर फुल, हरियाली क्षेत्र, जीब, बनस्पतिं बाजुङका धार्मिक एवम् पर्यटकिय दृष्यहरु समेटिएका छन् । बृत्तचित्रको बिशेष आकर्षण र महत्व भनेको त्यस भित्र साविक बाजुङ गाविसको सबै भौगलिक बनावट, वात पतिङगर, हावापानी, माटो, विभिन्न जातजातीका रितिरिवाज, परम्परा कला संस्कृति लगायत सबै कुरा समेटिएको पाइन्छ । बृतचित्र पछिल्लो समय भाईरल भएको पाइन्छ ।
बृत्तचित्र प्रति आफ्नो धारण राख्दै बाजुङ जन्मिएर लामो समयदेखी पत्रकारिता पेशमा सक्रिय सन्तोषी क्षेत्रीले सरकार र कोषले गर्नु पर्ने काम समाजसेवी दुर्गा घोताङ ‘मिलन’ले गरेको भन्दै गुरुङको प्रशंसा गर्नुभयो । बाजुङको विकासमा स्थानिय जनप्रतिधि र सोही ठाउँका राजनितिकर्मी तल्लीन नभएको अवस्थामा गुरुङको एकल प्रयासले भने बाजुङको बिकासमा ठुलो टेवा पुगेको स्थानियहरु बताउछन् ।
बृत्तचित्र निर्माणमा आफ्नो कुनै स्वार्थ नभएको गुरुङको भनाई छ। ‘बाजुङ मेरो जन्मिएको भूमि हो । आफु जन्मेको ठाउँको प्रचारप्रसार गर्नु मेरो दायित्व हो ।’ लामो समयदेखी सामजिक क्षेत्रमा क्रियाशिल गुरुङ चलचित्र निर्माता पनि हुन् । उनले गुरुङ भाषामा आधारित थुप्रै चलचित्र निर्माण गरेका छन् । उनी मिलन ट्रष्ट २०७४ का संरक्षक हुन् । लामो समयदेखी गुरुङ हङकङमा बस्दै आएका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्
