Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1720




पर्वतमा सवारी दुर्घटना क्रमिक रुपमा घटेको ट्राफिक प्रहरीको दाबी
पर्वतमा सवारी दुर्घटना  क्रमिक रुपमा घटेको ट्राफिक प्रहरीको दाबी

पर्वत– पर्वतमा पछिल्ला ४ बर्षयता दुर्घटनाको संख्या क्रमिक रुपमा घट्दै गएको पाईएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका अनुसार आर्थिक बर्ष २०७२÷०७३ मा १३ ओटा, २०७३÷०७४ मा १० ओटा, २०७४÷०७५ मा ६ ओटा दुर्घटना भएका छन ।

यसैगरी चालु आर्थिक बर्ष २०७५÷०७६ को शुरुका ६ महिनामा ६ ओटा दुर्घटना भएका छन । गएको साउनमा ३ ओटा, भदौमा एउटा, अशोज र कात्र्तिकमा एउटा पनि दुर्घटना भएन भने मंसिरमा एउटा दुर्घटना भएको छ । यो अवधिमा दुई ओटा बस, एउटा जीप, एउटा ट्रयाक्टर र दुई ओटा मोटरसाईकल दुर्घटनामा परेका छन । चालु आर्थिक बर्षको शुरुका ६ महिनामा भएका दुर्घटनामा एक जनाको मृत्यू, ५ जना गम्भीर घाइते र २९ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले जानकारी दिनुभयो ।

पर्वतमा आर्थिक बर्ष २०७२÷०७३ मा ७ जनाको मृत्यू, १५ जना गम्भीर घाईते, ६ जना सामान्य घाईते भएका थिए भने आर्थिक बर्ष २०७३÷०७४ मा ६ जनाको मृत्यू, १६ जना गम्भीर घाईते र १८ जना सामान्य घाईते भएका थिए । आर्थिक बर्ष २०७४÷०७५ मा ३ जनाको मृत्यू, ३५ जना गम्भीर घाईते र ११ जना सामान्य घाईते भएका थिए ।

पछिल्लो समय सडक सचेतना सम्बन्धि कार्यक्रमहरु बढी मात्रामा संचालन गरिएका कारण नै सवारी दुर्घटनाहरु कम हुँदै गएको पनि ट्राफिक प्रहरी प्रमुख गौलीले बताउनुभयो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)