Author
Roshan Tiwari
Correspondent, ParbatNepal
7 years ago
1379
पर्वत दुर्घटना : मृत्यु हुने ६ जनाको सनाखत
माघ ३ पर्वत ।
पर्वतको मालढुङ्गामा आज बिहान मिनिबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको जलजला गाउँपालिका ८ नाग्लीवाङका टिके परियार र उहाँकी श्रीमती सेती परियार , सोहि ठाउँकी शान्ती महत, म्याग्दीको पाखापानीका राजेश पुन र विष्णुमाया पुन र बागलुङको कुँडुलेका शान्ती केसीको मृत्यु भएको छ ।
अन्य एक जना पुरुषकोे सनाखत नभएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो । ग १ ख ६१०८ नम्बरको बस दुर्घटना हुँदा ३३ यात्रु घाईते भएका छन् । १७ जना गम्भिर घाईतेलाई हेलिकोप्टरबाट उद्दार गरि पोखरा लगिएको छ । घाईतेहरुको नामावली अहिलेसम्म आएको छैन ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2396
सम्बन्धित समाचार ( मुख्य खबर)
