Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1725




पर्वतमा बस दुर्घटनाप्रति अन्तराष्ट्रिय पर्वत समाजद्धारा दुःख व्यक्त
पर्वतमा बस दुर्घटनाप्रति अन्तराष्ट्रिय पर्वत समाजद्धारा  दुःख व्यक्त

पर्वत नेपाल डेक्स । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङगामा भएको बस दुर्घटना प्रति अन्तराष्ट्रिय पर्वत समाजले दुःख व्यक्त गरेको छ । आज एक विज्ञप्ति जारीगदै ७ जनाको मृत्यु हुनेगरी भएको दुर्घटनाले अन्तराष्ट्रिय पर्वत समाजलाई दुःखी तुल्याएको विज्ञप्तीमा भनिएको छ ।

म्याग्दी जिल्लाको वेनीबाट नारायणगढका लागि छुटेको बस पर्वतको कुश्मा नगरपालिका वडा न १ मालढुंगामा दुर्घटनामा परेको थियो । वस दुर्घटनामा घटनास्थलमै ३ र उपचारको क्रममा थप ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ग १ ख, ६१०८ नम्बरको बस सडकबाट करिब ५० मिटर तल खसेको थियो । बसमा सवार यात्रु मध्ये ३० जना यात्रु घाइते भएका छन ।

बस दुर्घटनाका मृत्यक प्रति दुःख व्यक्त गदै शोक सन्तप्त परिवारजनमा समावेदना तथा घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेको अन्तराष्ट्रिय पर्वत समाजका अध्यक्ष पुरन गिरीले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।

त्यस्तै पर्वत वेलफेर सोसाईटी यूकेका अध्यक्ष नेत्र आले,पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसी, पर्वत समाज जापानका अध्यक्ष सुजन जोशी र पर्वत समाज नेदरल्याण्डका अध्यक्ष नर रोकाले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गदै घाईतेहरुको यथाशिघ्र उपचार हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले उक्त घटनाले आफुहरु निकै दुःखि भएको बताउनुभएको छ ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)