Correspondent, ParbatNepal
7 years ago
1675
पर्वत– आफ्नो जन्मदिन सामाजिक काम गरेर र बिभिन्न क्षेत्रमा सहयोग गरेर मनाउने प्रचलन बढीरहेको बेला पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले बिद्यार्थीलाई न्यानो लुगा बितरण गरेर मनाउनुभएको छ ।
अध्यक्ष शर्माले पर्वतको कुस्मा नगरपालिका वडा नं ४ स्थित गुप्तेश्वर संस्कृत बेदबेदाङ्ग पाठशालाका बिद्यार्थीलाई न्यानो कपडा बितरण गर्नुभएको हो । पाठशालामा अध्ययनरत १६ जना बिद्यार्थीलाई स्वेटर प्रदान गरिएको थियो । लायन्स क्लब अफ गुप्तेश्वरको आयोजनामा भएको कार्यक्रममा जन्मदिनलाई फरक हिसाबले मनाउने क्रममा सानो सहयोग गरेको अध्यक्ष शर्माले बताउनुभयो । पर्वतका सफल व्यवसायी शर्माको यो कार्यले चौतफी प्रशंसा पाउन थालेको छ ।
उक्त कार्यक्रममा क्लबका अध्यक्ष हरिओम शर्मा लामिछाने, प्रथम उपाध्यक्ष मुना शर्मा लामिछाने लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो । लायन्स क्लब अफ गुप्तेश्वरले आफ्ना हरेक सदस्यहरुको जन्मदिन रचनात्मक कार्यक्रम र सहयोग हस्तान्तरण गरेर मनाउँदै आएको छ ।
