Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1707




नेपाली जनसम्पर्क समिति बेल्जियमद्धारा जेष्ठ नागरिक आश्रमका १ लाख सहयोग
नेपाली जनसम्पर्क समिति बेल्जियमद्धारा जेष्ठ नागरिक आश्रमका १ लाख सहयोग

रोशन तिवारी, पर्वत मोदीबेनीमा सञ्चालित जेष्ठ नागरिक आश्रमका लागि प्रवासीहरुले आर्थिक सहयोग गरेका छन् जेष्ठ नागरिक आश्रम सञ्चालनका लागि नेपाली जनसम्पर्क समिति बेल्जियमले एक लाख रुपैयाँ सहयोग गरेको हो उक्त रकम पर्वत समाज बेल्जियमका अध्यक्ष झलक केसीको पहलमा प्राप्त भएको हो

मोदीबेनी जेष्ठ नागरिक आश्रम सञ्चालन समितिका अध्यक्ष दिर्घनारायण श्रेष्ठलाई रकम शुक्रवार कुश्मामा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, गैह्र आवसिय नेपाली संघका सल्लाहकार एवं अन्तराष्ट्रिय पर्वत समाजका सल्लाहाकार गोबिन्द सुबेदी नेपाली जनसम्पर्क समिति बेल्जियमका सल्लाहकार ज्ञानेन्द्र कर्माचार्यको रोहवरमा बितरण गरिएको हो

उक्त अवसरमा बोल्दै कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले आश्रमका लागि कुश्मा नगरपालिकाको तर्फबाट पनि एक लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो मोदीबेनीमा पुल बनाउन कुश्माबाट जाने सडक सहज बनाउन थालिएको नगरप्रमुख जोशीले बताउनुभयो


कार्यक्रममा बोल्दै गैह्र आवसिय नेपाली संघका सल्लाहकार गोबिन्द सुबेदीले मोदीबेनीको बिकासमा जोडिएको प्रवासी सबै संस्थाहरुले सक्दो सहयोग गर्ने आश्वसन दिनुभयो सुबेदीले निस्वार्थ भावले मोदीबेनीको विकासमा प्रवासी नेपालीहरुले सहयोग गर्ने सहयोगको सहि सदुपयोग हुने विश्वास व्यक्त गर्नुभयो जनसम्पर्क समिति बेल्जियमका सल्लाहकार ज्ञानेन्द्र कर्माचार्यले मोदीबेनीको बृहत्तर विकासमा थप सहयोग गरिने आश्वसन दिनुभयो

कार्यक्रममा नेपाली जनसम्पर्क समिति बेल्जियमका अध्यक्ष सिता सापकोटाले जेष्ठ नागरिक आश्रमको सहयोगका लागि आफुहरु सँधै  तयार रहेको बताउनु भयो । साथै उहाँले आगमी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

 मोदीबेनीको बागलुङ तर्फ हालै जेष्ठ नागरिक आश्रम बनाइएको पर्वत तर्फ भने २०६८ सालदेखि नै बृद्धाश्रम सञ्चालनमा   हालै दुबै तर्फका सरोकारवाला सम्मिलित संयुक्त सञ्चालक समिति बनाइएको मोदीबेनीमा पुल बनाएर दुबै तर्फको क्षेत्रलाई जोड्ने समितिले प्रयास गरिरहेको पुल बनेपछि पर्वत तर्फको आश्रम नवनिर्मित भवनमा स्थानान्तरण गर्ने योजना रहेको आश्रम सञ्चालन समितिका अध्यक्ष दिर्घनारायण श्रेष्ठले बताउनुभयो

पर्वत बागलुङ जिल्लामा फैलिएको मोदीबेनी क्षेत्रको विकासका लागि दुबै जिल्लाका बासिन्दाहरुले प्रतिष्ठाको रुपमा लिएर पूर्वाधार विकासका काम गरिरहेको श्रेष्ठले बताउनुभयो गैह्र आवसीय नेपाली संघका अध्यक्ष भवन भट्ट समेत भवन उद्घाटनमा आउँदा आवश्यक सहयोग गर्ने आश्वसन दिनुभएको थियो प्रवासी संघसंस्थाहरु बाट आर्थिक सहयोग संकलन गरेर बृद्धाश्रम सञ्चालनका लागि अक्षयकोष बनाइएको सञ्चालन समितिका सदस्य केशवदास बैरागीले राष्ट्रिय बाणिज्य वैँकमा खाता सञ्चालन गरेर प्राप्त रकम जम्मा गरिरहेको जानकारी दिनुभयो

 कोषको रकम बढाएर दुई करोड बनाउने लक्ष्य लिइएको बैरागीले बताउनुभयो कोष दुई करोड रुपैयाँको बनेपछि त्यसैको व्याजबाट आश्रममा आवश्यक खानपिन, लत्ताकपडा, स्वास्थोपचार सेवा सञ्चालन गर्ने योजनामा रहेको उहाँले बताउनुभयो

मोदीबेनीमा शालग्राम महायज्ञ सञ्चालन गरेर बागलुङ नगरपालिका १४ देवलबगरमा बृद्धाश्रम बनाइएपनि सञ्चालनका लागि आर्थिक अभाव भएपछि स्थानीयले देशबिदेशमा आर्थिक् संकलन गरि सञ्चालन गर्ने खर्च जुटाउने प्रयास गरिरहेका छन्

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)