Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1785




पर्वत जेसिजको पदस्थापन तथा पुरस्कार बितरण सम्पन्न, विधिको शासनमा ठेस लागेको छ– मेयर जोशी
पर्वत जेसिजको पदस्थापन तथा पुरस्कार बितरण सम्पन्न, विधिको शासनमा ठेस लागेको छ– मेयर जोशी

साजन परियार, कुश्मा ।कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले शासन व्यक्तिको होईन विधिको हुनुपर्नेमा जोड दिनुभएको पर्वत जेसीज बर्ष २०१९ नयाँ कार्यसमितिको २३ औं पदस्थापन तथा पुरस्कार बितरण कार्यक्रम बोल्दै जोशीले देशमा विधिको शासन हराउँदै गएको बताउनु भयो   मुलुकमा हत्या हिँसा भष्ट्राचार मौलाउँदै गएको बताउँदै देशलाई कानुन विधिको शासनमा हिँडाउने प्रयत्न युवाहरुको काँधमा आएको बताए उहाँले युवाहरुलाई विदेश पलायन हुनवाट रोक्न सके मुलुकले फड्को मार्ने बताउनु भयो

मुलुकमा विधिको शासनमा ठेस लागेको बताउँदै युवाहरुले खवरदारी गर्नूपर्नेमा जोड दिनुभयो   जोशीले जेसीजले समाजका लागि उदाहरणीय काम गर्दै आईरहेकोले जेसीजको जति प्रशंसा गरे पनि नपुग्ने बताउनुभयो उहाँले जेसीजमा सबैलाई समेट्नु पर्ने बताउनुभयो जोशी  आफ्नो वडा कार्यालयबाट जेसीजलाई चाहिने सहयोग सधैंव गरिरहने बताउनुभयो पर्वत जेसीज बर्ष २०१९ नयाँ कार्यसमितिको २३ औं पदस्थापन तथा पुरस्कार बितरण कार्यक्रम शनिबार सम्पन्न भएको जेसीज पर्वत बर्ष २०१९ का अध्यक्ष मोहन आचार्यको अध्यक्षतामा ३६ सदस्यहरुको पदस्थापन भएको हो

बर्ष २०१८ का अध्यक्ष राजन जोशीले बर्ष २०१९ का अध्यक्ष मोहन आचार्यलाई आफ्नो व्याच सहितको लोगो हस्तानातरण गर्दै आफनो कार्यकालमा सहयोग गर्नेहरु प्रति आभार ब्यक्त गरेका थिए उपप्रमुख सीताकाफ्ले लामिछानेले सामजिक रुपान्तरणमा युवाहरुको भूमिका अह्म रहेको बताउनु भयो युवाहरु सक्षम भए मात्र देश सक्षम हुने बताउनु भयो प्रतेक युवाहरूले आफ्नो सानोसानो आचारण ब्याहवारमा सकारात्मक परिबर्तन मात्र गर्न सके सभ्य सुसुज्जित समाज निर्माणमा टेवा पुग्ने हुदा युवाका प्रतेक कदमहरु सकारात्मक हुनु पर्नेमा जोड दिनु भयो उहाले भावी पुस्तालाई राम्रो संस्कार हस्तान्तरण गर्नको लागी आजका युवाहरुले सबैभन्दा पहिला आफुलाइ असल परिस्कृत बनाउन आग्रह गर्नु भयो

पदस्थापन कार्यक्रमका प्रमुख अतिथि जेसीजका राष्ट्रिय अध्यक्ष महेश पौडेल, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा,पत्रकार माहसंघका उपाध्यक्ष प्रनिश गिरी,संस्थापक अध्यक्ष बद्रि पौडेल,उषा चापाँगाई,विनोद शर्मा,रामु शर्मा लगायतले बोल्नुभएको थियो  

पदस्थापन कार्यक्रम लगतै भएको पुरस्कार बितरण कार्यक्रममा टेकनारायणदेउकुमारी कर्माचार्य उत्कृष्ट स्कारीका निमार्णको आधारमा कार्यक्रम संयोजक बसन्त कर्मार्चायले एरियाबिका प्रकाशन संयोजक मन्जु शिलाकारलाई अर्वाड प्रदान गरेका थिए तुलप्रसाद डम्मर कुमारी उत्कृष्ट पदाधिकारी अर्वाड संस्थापक जेसी बिषम कुमार श्रेष्ठले निवर्तान् अध्यक्ष राजन जोशीलाई प्रदान गरेका थिए यस्तै,गंगाप्रसाद श्रेष्ठ उत्कृष्ट सहभागिता अर्वाड संस्थापक कृष्ण प्रसाद श्रेष्ठले जेसी हेमन्तबावु आचार्यलाई प्रदान गरेका थिए

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)