Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1571




खानेपानी टंकीको उद्घाटन गदै मेयर जोशी भने– ‘मेरो कार्यकालमा नगरका सवै घरमा खानेपानी पु¥याउँछु’
खानेपानी टंकीको उद्घाटन गदै मेयर जोशी भने– ‘मेरो कार्यकालमा  नगरका सवै घरमा खानेपानी पु¥याउँछु’

साजन परियार, कुश्मा पर्वतको कुश्मा नगरपालिका छमर्केमा खानेपानी टंकीको निर्माण कार्य सम्पन्न भएको वडा कार्यालयको १३ लाख स्थानीय जनसमुदायको श्रमदानमा खानेपानी टंकी निर्माण गरिएको हो

टंकी सम्पन्न भई संञ्चालनमा आएको गत आर्थिक बर्ष देखी शुरु भएको योजना भर्खरै सम्पन्न भएर सञ्चालनमा आएको छमर्के खानेपानी तथा सरसफाई समितिका अध्यक्ष टेकनारायण श्रेष्ठले बताउनु भयो करिव सय १७ घर रहेको उक्त गाउँमा निजी धारा निर्माण गरेर घरघरमा खानेपानी पु¥याएको समितिका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो विगतमा खानेपानी नहुँदा समस्या भोगेका स्थानीयवासी खानेपानी योजना सम्पन्न भई संचालनमा आएपछि हर्षित भएका छन् करिव ५० हजार घन मिटर खानेपानी टंकीको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उद्घाटन गर्नुभएको

उद्घाटन कार्यक्रममा बोल्दै जोशीलेएक घर एक धाराकार्यक्रम अनुसार छमर्केमा खानेपानी टंकी निर्माण गरिएको बताउनु भयो उहाँले आफ्नो कार्यकालमा नगरका सबै घरमा शुद्ध खानेपानी पु¥याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । आफ्नो ध्यान नगरको समृद्धि विकास मात्र रहेको बताउँदै जोशीले विकास निर्माणका काममा सवै एक जुट हुनुपर्ने बताउनु भयो स्थानीय जनसमुदायको श्रमदानमा निर्माण भएका योजना दिगो टिकाउ हुने धारण राख्नुभयो नगरको विकासमा आफुनो कुनै स्वार्थ नभएको जिकिर गदै नगरवासीको आवश्यकता सँग आफ्नो स्वार्थ जोडिएको बताउनु भयो

कार्यक्रममा कुश्मा नगरपालिका प्रशासकिय अधिकृत सुवास लामिछानेले विकास निर्माणमा दलगत स्वार्थ त्यागेर लाग्न सुझाव दिनुभयो उहाँले नगरको विकास समृद्धिका लागि स्थानीय जनसमुदायको महत्वपूर्ण भूमिका रहेको बताउँदै दिर्घकालिन योजनामा ध्यान दिन आग्रह गर्नुभयो कार्यक्रममा कुश्मा नगरपालिका का वडाध्यक्ष मिना कर्माचार्यले वडामा धेरै विकास निर्माणका काम भएको दावी गर्नुभयो उहाँले आफू विकास निर्माण प्रति समर्पित हुने जनतालाई असर पर्ने खालको कुनै काम नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो उक्त योजना स्थानीयको सक्रियतामा सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुभयो


छमर्के खानेपानी तथा सरसफाई समितिका अध्यक्ष टेकनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा टंकी निर्माण समितिका अध्यक्ष युवक श्रेष्ठ, स्थानीय समाजसेवी रामेश्वर श्रेष्ठ लगायतले बोल्नुभएको थियो कार्यक्रममा स्वागत मन्तव्य खानेपानी उपभोक्ता समितिका सदस्य खडानन्द चपागाई कार्यक्रमको संचालन देवी चपागाईले गर्नुभएको थियो

 

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)