Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1862




रेडियो कुशुमको अध्यक्षमा ठाकुर बि पौडेल
रेडियो कुशुमको अध्यक्षमा ठाकुर बि पौडेल

कुश्मा पर्वत । पर्वतको कुस्माबजारबाट सञ्चालित सामुदायिक रेडियो कुशुमको चौथो साधारणसभा तथा दोस्रो  अधिबेशन शनिवार सम्पन्न भएको छ । अधिवेशनले ठाकुर बि पौडेलको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा दुर्गाप्रसाद शर्मा, सचिबमा राजेन्द्र पहाडी, कोषाध्यक्षमा फुलराज शर्मा, सहसचिबमा माया अधिकारी रहनुभएको छ भने सदस्यहरुमा रुद्र गिरी, गोपी अधिकारी, शिब शर्मा पौडेल, सरिता भण्डारी, कमलनाथ शर्मा, डम्बर गिरी, हिमबहादुर पौडेल  र सिड नेपालका अध्यक्ष गणेश गिरी पदेन सदस्यमा चयन हुनुभएको छ । साधारणसभा तथा दोस्रो  अधिबेशनको  शनिबार उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समयमा सञ्चार क्षेत्रले मर्यादित र बिश्वसनीयता गुमाउँदै जान थालेको भन्दै पत्रकारिता जिम्बेवार र मर्यादित बन्नुपर्ने कुरामा जोड दिएका हुन ।

कार्यक्रमका बक्ताहरुले सञ्चार माध्यममले पछिल्ला दिनहरुमा जनताको पक्षमा भन्दा पनि दल र धनको पक्षमा आवाज उठाउँ  गएको भन्दै चिन्ता पनि ब्यक्त गरे । अधिबेशनको उद्घाटन  कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बिश्वकर्मा पौडेलले जनताको अपेक्षा अनुसार सञ्चार माध्यमले आवाज उठाउनु पर्ने गलत प्रबृत्तिलाई निरुत्साहित गर्नु पर्ने कुरामा जोड दिनुभयो ।


उक्त कार्यक्रममा रेडियोका संस्थापक अध्यक्ष तथा पर्वत उद्योग बाणिज्य संघका उपाध्यक्ष ठाकुर बि पौडेल, नेकपाका प्रदेश सदस्य मेघनाथ सुबेदी, पत्रकार महासंघका प्रदेश महासचिब गणेश पौडेल, पर्वत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपी अधिकारी, नेपाल पत्रकार महासंघ पर्वतका पुर्व अध्यक्ष दुर्गाप्रसाद शर्मा, गैसस महासंघका अध्यक्ष शिब शर्मा रेग्मी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गणेश पौडेल, शिबालय बहुमुखी क्याम्पसका प्रमुख कमलनाथ शर्मा लगायतले आफ्नो मन्तब्य ब्यक्त गर्नुभएको थियो  । रेडियो सञ्चालक समितिका अध्यक्ष गोबिन्द पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सदस्य शिब शर्मा पौडेल र सञ्चालन सचिब गणेश गिरीले गर्नुभएको थियो ।

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)