Author
ParbatNepal
Correspondent, ParbatNepal
7 years ago
1870
कस्तो अच्चम ! आफ्नै घरको पेटीमा बसेकी महिलाको ट्याक्टरले किचेर मृत्यु
कुश्मा, पर्वत । ट्र्याक्टरले किचेर जलजला गाउँपालिका–७ मिलनचोकमा शनिबार एक महिलाको मृत्यु भएको छ ।
ग१त ३५१८ नंको ट्र्याक्टरले किचेर घाइते भएकी मिलनचोककी करीब ४५ वर्षीया कमला पौडेललाई उपचारका लागि म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका मिलनचोक प्रहरी चौकीले जनाएको छ ।
सडकमा रोकेर राखेको ट्र्याक्टर एक्कासि आफै गुड्दा घरको पेटीमा बसिरहेकी पौडेल र अनिता आचार्यलाई किचेको थियो । आचार्यलाई थप उपचारका लागि पोखरा पठाइएको छ । ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयलाई जिम्मा लगाएको मिलनचोक प्रहरी चौकीका ट्राफिक प्रहरी अनिल कार्कीले बताउनुभयो ।
सम्बन्धित समाचार (जिल्ला )
Kokhe Danda Trek
2396
सम्बन्धित समाचार ( मुख्य खबर)
