Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1537




मुडिकुवामा मकै भण्डारण गृह निर्माण-मन्त्री लम्सालद्धारा उद्घाटन
मुडिकुवामा मकै भण्डारण गृह निर्माण-मन्त्री लम्सालद्धारा उद्घाटन

पर्वत प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत सञ्चालित मकै जोनले मैक भण्डारण गृह निर्माण गरेको फलेवास नगरपालिका मुडिकुवामा मकै भण्डारण गृह निर्माण भएको हो

मकै जोनमा समेटिएका क्षेत्रका कृषकहरुले उत्पादन गरेको मकै भण्डारण गर्न समस्या भएपछि भण्डारण गृह बनाइएको कृषि जोनका कृषि अधिकृत हेमशर्मा तिवारीले जानकारी दिनुभयो ५०० हेक्टर क्षेत्रफलमा कृषकहरुले मकै मकैको बीउ उत्पादन गर्दै आईरहेका छन् २७ मेट्रिक टन मकै भण्डारण गर्ने क्षमताको भण्डारण गृह तयार भएको तिवारीले बताउनुभयो २०७३ सालमा साविकका वटा गाविस समेटेर जोन बनाइएको थियो वटा सहकारी २५ समूहमा आवद्ध भएका कृषकहरुले मकै उत्पादन गर्दै आईरहेका छन् मकै भण्डारण गृह बनाएपछि मकैको बीउ राम्रो भाउ पाउने कृषकहरुको अपेक्षा

मकै भण्डारण भवनको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले उद्घाटन गर्नुभयो कार्यक्रममा बोल्दै लम्सालले कृषि आधुनिकिकरण नभई आर्थिक समृद्धि नहुने बताउनुभयो कृषि नै आर्थिक समृद्धिको पहिलो आधार रहेकाले कृषिलाई आधुनिकिकरण प्रविधियुक्त बनाउन सरकारले प्राथमिकता दिएको लम्सालले बताउनुभयो अर्को प्रसंगमा बोल्दै मन्त्री लम्सालले संघीय संसदले दिनुपर्ने ऐन कानून प्रदेश सरकारले बनाउनुपर्ने ऐन नियमहरु बनाउन ढिलाई भएका कारण सरकारले गति लिने नसकेको बताउँदै आगामी फागुन महिनादेखि तिब्र गतिमा विकास हुने बताउनुभयो

 कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले स्थानीय तह प्रदेश सरकारका कार्यक्रमहरुको प्रकृति एउटै बनाउन नहुने बताउनुभयो उहाँ प्रदेश सरकारले स्थानीय सरकारहरुसँग आवश्यक समन्वय गरेर आफ्ना कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्नुभयो फलेवास नगरपालिकाका उपप्रमुख मञ्जु अधिकारीले नगरको समृद्धिका लागि नगरवासीहरुको आवश्यकता चाहना अनुरुपका कार्यक्रमहरु संचालन गरिएको बताउनुभयो कार्यक्रममा कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मी, फलेवास नगरपालिकाका प्रवक्ता टिकाराम गौडेल, स्थानीय युवा लकास सुवेदी लगायतले बोलेका थिए

सो अवसरमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मकै जोन पर्वतका बरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कोडालले कार्यालयका गतिविधि प्रगतिका बारेमा बोल्नुभएको थियो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)