Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

2676




पर्वतकी तिलकुमारी क्षेत्रीको उपचारमा पर्वत वेलफेर सोसाईटी यूकेले थाल्यो सहयोग अभियान, सहयोग गर्न सबैलाई आग्रह
पर्वतकी तिलकुमारी क्षेत्रीको उपचारमा पर्वत वेलफेर सोसाईटी यूकेले थाल्यो सहयोग अभियान, सहयोग गर्न सबैलाई आग्रह

पर्वत– पर्वत महाशिला गाउँपालिका–४ चौडिला निवासी तिलकुमारी क्षेत्री एक हप्तादेखी मृत्युको शैयामा छटपटाई रहेकी छन् । नुहाउने क्रममा बेहोस् भई ढलेपछि क्षेत्री अहिले काठमाडौँको बाँसवारि न्युरो हस्पिटलमा उपचारर्थ छन् । पोखराको मनिपाल शिक्षण हस्पिटल उपचार संम्भावना नभएपछि उनलाई काठमाडौँ लगिएको छ ।

गरिवीका कारण उपचार गर्ने समस्या भएपछि आफ्नी आमाको जिवन बचाईदिन छोरीहरुले आग्रह गरेका छन् । पोखरामा उपचार गराउने क्रममा प्रेसर हाईभई क्षेत्रीको नसा फुटेको थियो । पाँच दिनसम्म पनि पोखरामा उपचार सम्भाव नभएपछि क्षेत्रीलाई काठमाडौँ लगिएको थियो । काठमाडौँको बाँसवारि न्युरो हस्पिटलमा टाउकोको नसामा पानी भरिएकाले पुन अप्रेसन थालिएको परिवारले जनाएको छ । अहिले तिलकुमारी क्षेत्री आई.सी.यू मा हुनुहुन्छ ।

लामो समयसम्म आमाको उपचार गराउँदा आफुसँग भएको गरगहना रुपैयाँ सबै सकिएको छोरी देउमाया क्षेत्रीले बताईन् । ‘सम्पतीको नाममा एउटी आमा हुनुहुन्थ्यो । त्यो पनि दैवले आज यस्तो बनाईदियो, उनले भनिन् ।’ ‘हामी आर्थिक अभावका कारण निकै समस्यामा परेका छौँ । हामी पाँच दिदिवहिनी हौँ, एउटा भाई छ, त्यो पनि अपाङगता छ । हामी निकै गरिब मान्छे, हामीले गर्नसक्ने सबै गरिसक्यौँे , अब  बाटो छैन तपाईहरुले सहयोग गर्नुभयो भने हाम्री आमा बाँच्न हुन्छ ।’ एक गरिव तथा पैसाकै कारण उपचार गर्न नसकेको ब्यक्तिलाई  देश तथा विदेशमा बस्ने नेपालीहरु सँग सहयोगको अपिल गरिएको छ । सहयोग गर्न चाहानेहरुले 9823032328, 9814109210,9818212010 नम्वरमा सम्पर्क गनुृहोला छ  ।

पीडित क्षेत्रीको सहयोगमा पर्वत वेलफेर सोसाईटी यूके

आर्थिक अभावका कारण उपचारमा समस्या भएको खवर प्राप्त भएसँगै उपचारका लागि सहयोग सङ्कलन अभियान थालिएको छ । क्षेत्रीको उपचारका लागि पर्वत वेलफेर सोसाईटी यूकेले आर्थिक सहयोग सङ्कलन अभियान शुरु गरेको हो । जतिसक्दो छिटो र धेरै रकम संकलन गरेर हस्तान्तरण गर्न पर्वत वेलफेर सोसाईटी यूकेले जनाएको छ । सहयोगका लागि यूकेमा बसोवास गर्ने नेपालीलाई आग्रह गरिएको छ । 

लेटेस नेपालले पीडित क्षेत्रीकी छोरीहरु सँग गरेको कुराकानी 




सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)