Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

8 years ago

2045




नयाँ छात्रावासमा सरे दृष्टिविहिन विद्यार्थी
नयाँ छात्रावासमा सरे दृष्टिविहिन विद्यार्थी


पुष १९ पर्वत -

नौ वर्षयता उचित बसोबास र शिक्षाको अभाव झेल्दै तीनवटा विद्यालयमा सर्दै पढ्न बाध्य पर्वतको शिवालय माविमा पढ्ने दृष्टिविहीन बालबालिकाले अब स्थायी विद्यालय र छात्रबास पाएका छन ्। गत वर्ष शालिजा माविबाट सदरमुकामका शिवालय माविमा सारिएका छात्रछात्रालाई भूकम्प प्रतिरोधी पक्की भवनमा सारिएको हा े। ७७ लाख लगानीमा एकतले पक्की भवन निर्माण भएपछि बालबालिका त्यसमै सरेका छन् । 

भाडाको घरमा दुइटा कोठामा कोचिएर बसेका उनीहरू खुला घर पाउँदा दंग छन् । नयाँ भवनमा प्रत्येक बालबालिका सुत्न मिल्ने छुट्टाछुट्टै पलंग छन । उचित प्रकाश र विद्युतको व्यवस्था छ । छात्रछात्राका लागि छुट्टाछुट्टै शौचालय, स्नानकक्ष, भान्साकोठा र कर्मचारी सुत्न छुट्टै कोठा छ । विद्यालयकै प्रागंणमा बनेको अपांगमैत्री भवनमा सेतोछडी टेक्दै केहीबेरमै बालबालिका छात्रबास पुग्न सक्छन । 

१० कक्षाका इन्द्र न्यौपानेले एउटै कोठामा धेरैजना कोचिएर बस्दा पढ्न, नुहाउन, शौचालय जान, विद्यालय आउजाउ गर्न बढी समस्या हुने गरको सुनाए । कक्षा ७ की कुसुम गौतमलाई  सरसफाइ र शौचालयमा पालो कुर्नुपर्दा धेरै दुःख पाएको बताइन ्। दुर्गम शालिजा माविमा सञ्चालित स्रोत कक्षामा बसोबास र अध्ययनमा समस्या भएपछि गत साउनमा स्रोत कक्षासहित विद्यार्थी यहाँ सारिएको थियो । 

स्रोत कक्षा सालिजा भए पनि अध्ययनरत बालबालिकाहरू धेरै टाढाका थिए । शालिजाबाट सदरमुकाम आउन एकतर्फी भाडा ५ सय लाग्थ्यो । पढ्न जान एक जना सहयोगी साथ लिनुपर्ने र चाहिएका बेला गाडी नपाइने समस्या थियो । सदरमुकाम झरेपछि विद्यार्थीहरु हौसिएका छन् ।


यो विद्यालयमा प्लान नेपालको सहयोगमा उक्त भवन वनेको हो । यो विद्यालयका लागि विदेशमा वस्ने नेपालीहरुले पनि विभिन्न समयमा सहयोग गर्दै आएका छन् । जिल्लाभित्रका संघसंस्थाले पनि शैक्षिक सामाग्री सहयोग गर्दै आएका छन् ।  जिल्लाको मोदी गाउँपालिका घर भई हाल जापानको नागासाकीमा बस्दै आउनुभएकी उषा पौडेल भण्डारीले जापानको चिकियोकान नामक संस्थाको समन्वयमा गतवर्ष ७ लाखको अक्षयकोष स्थापना गर्नुभएको छ । गतवर्ष नै दृष्टिविहीन विद्यार्थीको लागि पर्वत वेलफेयर सोसाईटी युकेले १० लाख रकम संकलन गरि अक्षयकोष स्थापना गरेको थियो । 

सोसाइटीले संकलन गरेको उक्त रकम हालै एनआरएनका उपाध्यक्ष कुल आचार्यसहित कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, गैह्र आवासिय नेपाली संघ अन्तराष्ट्रिय संयोजक पुरन गिरी, पर्वत वेलफेयर सोसाइटी युकेका अध्यक्ष दधि आचार्य, संस्थापक अध्यक्ष हितकाजी गुरुङ्गले संयुक्त रुपमा अक्षयकोषका लागि रकम हस्तान्तरण गरेका थिए ।  

विद्यालयमा हाल कक्षा ५ देखि १२ सम्म २२ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।विद्यालयमा गुल्मी, तनहुँ, बाग्लुङ, पर्वत जिल्लाका विद्यार्थीहरुले अध्ययन गर्दै आईरहेका छन् ।



सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)