Author
ParbatNepal
Roshan Tiwari

Correspondent, ParbatNepal

7 years ago

1684




पकुवाले यूवाको जाँगर : गाउँमा महोत्सव
पकुवाले यूवाको जाँगर : गाउँमा महोत्सव

माघ १३ पर्वत । 

सदरमुकाम र बजारक्षेत्रमा महोत्सव आयोजना भईरहन्छन् । तर, गाउँमा खासै महोत्सव आयोजना हुँदैनन् । पकुवाका यूवाहरुले भने गाउँमै महोत्सव आयोजना गरेका छन् । कुश्मा नगरपालिका ११ मा स्थानीय यूवाहरुको जाँगरले महोत्सव शुरु भएको हो । महोत्सवमा संगितको मज्जा लिन पाईने छ भने खेलकुदका कार्यक्रम समेत आयोजना गरिएको छ । 

पकूवा यूवा क्लबको आयोजनामा बृहद खेलकुद तथा चौथो पकुवा महोत्सव शनिवार देखि शुरु भएको छ । यूवा क्लवले यसअघि पनि विभिन्न सामाजिक काम गर्दै आईरहेको थियो । महोत्सवलाई स्थानीयले सहयोग गरेका छन् । 

नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेश सदस्य एवं जिल्ला शाखाका सभापति रुद्रबहादुर रिमालले उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले यूवाहरुमा खेलले सकारात्मक सोच विकास हुने बताउनुभयो । यूवाहरुले गरेको प्रयासलाई आफ्नो संधै साथ र सहयोग रहने रिमालले बताउनुभयो । उहाँले पकुवामा खेलकुदको मैदान निर्माण गर्न स्थानीय तहले चासो दिनुपर्ने उहाँले बताउनुभयो । 

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस वडा कार्य समितिका सभापति हर्कबहादुर मल्लले यूवाहरु विदेशिने लहर चलेको बेलामा गाउँमा रहेका यूवाहरुले बिभिन्न कार्यक्रमहरुको आयोजना गर्नु खुसीको कुरा भएको उल्लेख गर्नुभयो । यस्तै, समाजसेवी तथा बीरेन्द्र माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबम मल्लले क्लबले आयोजना गरेको काम संस्कृतिको रक्षा गर्ने उपाय भएको बताउँदै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नुभयो । 

पकुवा यूवा क्लबका अध्यक्ष दिपिन मल्लको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तब्य क्लबका सल्लाहकार अनोज मल्लले राख्ुनभएको थियो भने कार्यक्रमको संचालन संचारकर्मी संजय रेग्मीले गर्नुभएको थियो । 

महोत्सवमा आज बिभिन्न हाँस्य कलाकारहरु सहित लोकदोहोरी कलाकारहरु सरिता सारु मगर र सुमन के.सी.ले प्रस्तुती दिनुभएको थियो । महोत्सवका अवसरमा आज नै आयोजक पकुवा यूवा क्लब र छिमेकी मुनाल यूवा क्लबको बीचमा सौहार्दपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।       


सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)