Author
ParbatNepal
ParbatNepal

Correspondent, ParbatNepal

7 years ago

1441




सरकार गफमा अल्झिएको छ – गगन थापा
सरकार गफमा अल्झिएको छ – गगन थापा

पर्वत नेपाली काँग्रेसका नेता गगनकुमार थापाले सरकार गफमा मात्रै अल्झिएको आरोप लगाउनुभएको पर्वतको दुर्लुङमा सुर्यप्रकाश माविको बार्षिकोत्सव कार्यक्रमको आज उद्घाटन गर्दै नेता थापाले सरकारले जनजिवीका सहज बनाउन भन्दा पनि जनतालाई गफ दिएर रन भुल्ल पारेको बताउनुभयो

काम गर्ने ढंग नभए बरु प्रतिपक्षिसंग सिक्न प्रधानमन्त्रीलाई उहाँको सुझाब थियो नेपाली काँग्रेसले देशमा रहेका उल्झनहरु समाधान गरेर सत्ता हस्तान्तरण गरेको उल्लेख गर्दै नेता थापाले सरकारले धमाधम बिकास निर्माणका काम गर्दा कुनै अवरोध नहुने दाबी गर्नुभयो नेता थापाले स्वास्थ्य शिक्षालाई बिबादमा पारिएको पनि बताउनुभयो स्वास्थ्य शिक्षालाई विशेष जोड दिएर सरकारले नीति तथा कार्यक्रम बनाउनुपर्ने नेता थापाको भनाई

नेता थापाले कुश्माबाट दुर्लुङ सम्मको सडकलाई पक्कि बनाउन पहल गर्ने बताउनुभयो गाउँमा सडक पुगेपछि गाडीले सामान मात्रै बोक्दै आएको बताउँदै गाउँका कृषि उपज बजार पठाउने बानीको बिकास गर्नुपर्ने बताउनुभयो कार्यक्रममा प्रतिनिधीसभाका सदस्य लालकाजी गुरुङले बोल्दै शिक्षा नै विकासको पहिलो पूर्वाधार रहेकाले शिक्षाको विकासमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो

आफ्ना बालबालिकालाई बिद्यालयमा कस्तो शिक्षा दिइएको भनेर अभिभावकहरुले बिशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो दुर्लुङ आफ्नो जन्मभूमी रहेकाले यहाँको विकासका लागि आफुले सहयोग गर्नुपर्ने दायित्व रहेकोले बिकासका सबै कार्यमा निरन्तर सहयोग गर्ने बताउनुभयो

 उक्त अवसरमा कुलबहादुर गुरुङ धनलक्ष्मी गुरुङको स्मृतिमा उहाँका सन्ततीहरुले ३५ लाख खर्चिएर निर्माण गरेको स्मृति हल नारायण गुरुङको चौरासी पूजाको अवसरमा बनाइएको बिद्यालयको गेटको चावी बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ पौडेल प्रधानाध्यापक श्यामसुन्दर सापकोटालाई हस्तान्तरण गरिएको थियो कार्यक्रानेपाली काँग्रेसका पर्वतका पूर्व सभापति नवराज गुरुङ, पूर्व जिविस सभापति इच्छावहादुर गुरुङ, सहयोगदाता परिवारको तर्फवाट एकनारायण गुरुङ, नेपाली काँग्रेस महासमिति सदस्य बसन्तवहादुर सिके, पार्टी सचिव विश्वप्रकाश प्रसाई, जिल्ला सदस्य कुलप्रसाद उपाध्याय, वडाध्यक्ष तेजप्रसाद पाध्या, नेकपा दुर्लुङका उपाध्यक्ष सोभखर पाध्या, नेपाली काँग्रेस दुर्लुका उपसभापति डण्डापाणि पाध्या,शिक्षक कृष्णप्रसाद शर्मा, पूर्व शिक्षक यादवनाथ वास्तोला, निबृत शिक्षक शालिग्राम शर्मा, विद्यार्थीको तर्फवाट देवका पौडेल लगायतले बोल्नुभएको थियो

स्वागत विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य लेखवहादुर गुरुङ कार्यक्रमको संचालन शिक्षक बालकृष्ण शर्माले गर्नुभएको थियो

सम्बन्धित समाचार (जिल्ला )
सम्बन्धित समाचार ( मुख्य खबर)